Thursday, October 6

१५ वर्षकी आफ्नै विद्यार्थीलाई जङ्गलामा लगेर घरीघरी बलात्कार गर्ने २७ वर्षका शिक्षक पक्राउ

March 9, 2022 477

अर्घाखाँची, जिल्लाको एक शिक्षक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले बिज्ञप्ति निकालेर ती शिक्षकले विद्यार्थीलाई जंगलमा लगी पटक-पटक बलात्कार गरेको खुलेको जनाएको छ ।

यद्यपि प्रहरीले पक्राउ परेका शिक्षकको नाम भने सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार पक्राउ जिल्लाको मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षक हुन् ।

उनले १५ वर्षीया आफ्नै विद्यार्थीलाई घर जनिकैको जंगलमा लगेर पटक-पटक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको र पछिल्लाे समय दैनिकजसाे ती १५ वर्षीया नाबालिका विद्यार्थीलाई बलात्कार गर्ने गरेकाे प्रहरीले जनाएको छ ।

प्रहरीले निकालेको विज्ञप्तिमा पक्राउ परेका शिक्षकलाई अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।पीडितका परिवारले दिएको उजुरीका आधारमा पीडक शिक्षलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस्