Sunday, October 2

बिदा सकेर कार्यालय फर्कदै गरेका प्रहरी जवानको बाटोमै मृत्यु

March 9, 2022 128

काठमाडौ । बाँकेमा सडक दुर्घटनामा परी एक जना प्रहरी जवानको निधन भएाके छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठबक्करबाट मोटरसाइकल चालकको निधन भएको हो ।

निधन हुनेमा बर्दियाको बासगढी नगरपालिका–४ घर भएका २८ वर्षीय प्रहरी जवान हिरालाल थारु रहेका छन् । उनी ईलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भइ अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत थिए ।

जिपको ठक्करबाट ग म्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८१ १९ नम्बरको स्कारपियो जिपले घर बिदा सकाएर कार्यालय तर्फ फर्किँदै गरेका थारु सवार भे ५ प ७१ ५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिपसहित चालकलाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्