Sunday, October 2

पल शाहलाइ यसरी लगियो कावासोती…..

March 9, 2022 101

बला’त्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागी गैडाकोट लगिएको छ। एक नाबालिग गायिकाले तनहुसंगै गैडाकोटमा पनि पल विरुद्ध जाहेरी दिएकि थिइन्। तनहुमा बयान पश्चात पललाई हिजो गैडाकोट लगिएको थियो।

पललाई बयानका लागी नवलपरासी पुर्वको सरकारी वकिल कार्यालय कावासोती लगिएको छ।

तनहु जिल्ला अदालतले उनलाई १२ दिन म्याद थप गरि अनुसन्धानको अनुमति केहि दिन अगाडी दिईसकेको छ। दुवैतर्फ जाहेरी परेका कारणले गर्दा तनहु पश्चात उनलाई बयानका लागि गैडाकोट लगिएको हो। काठमाडौं / दुई सातादेखि तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई आज मंगलबार गैडाकोट प्रहरी कार्यलयमा लगिएको छ । पी’डित नाबालिकले गैडाकोटमा पनि पुगेर उजुरी दिएका थिए ।

यतिबेला सामाजिक सञ्जाल पलमय बनेको छ । नाबालिक गायिकाले तनहुँ प्रहरी कार्यलयमा पुर्ण विक्रम शाह उर्फ पल शाह विरुद्ध जब’र्जस्ती कर’णीको जाहेरी दर्ता गराएपछि अहिले शाह तनहुँ प्रहरीको नियन्त्रणमा रहेको छ ।

नायक शाहले जाहेरी दर्ता परेपछि आफू निर्दोष रहेको र फसाउन खोजेको भन्दै केही नाम सहित अडियो सार्वजनिक गरेका थिए ।

पल शाहले सार्वजनिक गरेका नाम लिस्टमा गायक दुर्गेश थापा लगायत अन्य ३ जनाको नाम समेटिएको थियो । यसै बिचमा तनहुँ प्रहरीले सोधपुछका दुर्गेश थापालाई तनहुँ बोलाएका थिए।

गत बुधबार तनहुँ पुगेका थापाले पनि पल शाह विरुद्ध जाहेरी दिएको जानकारी आएको छ । अभिनेता पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउछु २ सफलतापुर्बक दोस्रो हप्तामा चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्