Sunday, October 2

‘आफुले कुनै गलत काम नगरेको’ इन्कारी वयान दिए पल शाहले

March 9, 2022 1552

गायीका किशोरीले दिएको उजुरीका आधारमा पक्राउ परेका अभिनेता पल शाहलाई वयानका लागि गैडाकोटको सरकारी वकिल कार्यालय लगिएको छ ।

पलले गैडाकोट स्थित सरकारी वकिलको कार्यालयमा वयान दिएका छन् । गायीका किशोरीले कर णी गरेको आरोप लगाए पनि पलले भने इन्कारी वयान दिएका छन् । उनले आफुले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।

गैडाकोटमा दिएको वयानमा पनि पलले इन्कारी वयान दिएको बुझिएको छ । मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा ल्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । उनलाई सरकारी वकिल कार्यालय लैजादै गरेको भिडियो सार्वजनिक भएको छ ।

मंगलबार शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँले गैंडाकोट प्रहरीमा पठाएको थियो ।

जिल्ला प्रहरीका सूचना अधिकृत दिलिप गिरीका अनुसार शाहलाई अब करिब एक हप्ता गैडाकोटमै राखेर अनुसन्धान अघि बढाइने छ । प्रहरीले दुवै स्थानको घटनामा एकै पटक अनुसन्धान सक्नेगरी काम थालेको हो ।

तनहुँ र गैडाकोटमा परेको उजुरी एकै ब्यक्ति उपर एकै प्रकारको अभियोग हो । दुवै जिल्लामा एउटै प्रकृतिको मुद्दा भएकाले यहाँको अदालतले म्याद थप्न नपर्ने प्रहरीको भनाइ छ । गैंडाकोट घटनाको अनुसन्धान सकिएपछि शाहलाई तनहुँ प्रहरीमै पठाइने भएको छ ।

प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई इच्छा विपरित कर णी गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्