Thursday, October 6

अर्को खुलासा पलविरुद्ध जाहेरी हाल्ने त्यो आँट, यसरी सम्भब भएको थियो- गायिका

March 11, 2022 379

दिनहुको हेरचाह र रेखदेख । घरमा आमाबालाई पनि बारम्बार फोन अनि सञ्चोबिसञ्चोको हालचाल सोधनी पुछनी । त्यतिमात्रै होइन कलाकार पल शाह ना,’बालिग गायिकालाई माया गर्छु पनि भन्थे ।

बिहे नै गर्छु भन्ने सपना देखाउँथे । तर, त्यो सब नाटक रहेछ । माया गर्छु भन्ने ब’हानामा पटक–पटक ज,’बर्जस्ती क,’रणी गरेको थाहा पाएपछि छाँगाबाट ख’सेजस्ता भएका बालिकाका बाबाका आँखा प्राय आँसुले भिजिरहेका छन् ।शाह वि’रुद्ध जा’हेरी नै दिएपछि पनि अनेक ला’न्छना सहनुपर्दा उनीहरुले झन् पी’डा खेपे ।

सामाजिक सञ्जालमा पलकै पक्षमै आएका आवाज देखेर उराठ माने । तै न्याय पाइन्छ भन्ने आशा उनीहरुलाई छ । पहिला त उ’जुरी दिनै पनि उनीहरुलाई ड’र लागेको थियो । त्यसपछिका दिनमा उल्टै कुरा काटेका भिडिओ सामाजिक सञ्जालमा आउँदा बालिकाकी आमा रुनमात्रै सकिन् ।

अरु केही गर्न सकिनन् । अहिले भने आँट अझै बलियो भएको छ ।बालिका भन्छिन्, ‘त्यो ठूलो मान्छे, हामीले के पो गर्न सक्छौं भन्ने थियो ।’ त्यसमाथि पी’डकले नै म जे पनि गर्न सक्छु भन्दै बालिकाका बाबुलाई ध’म्क्याएका पनि थिए । तर जसोतसो एक अभिभावकको साथ लागेर सुरुमा बालिका आफैं जिल्ला प्रहरी कार्यालय पुगेर घटना सुनाएकी थिइन् ।

जसै त्यो कुरा जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रमेश थापाको कानमा पुग्यो, उनले बालिकाका बाबाआमालाई पनि डा’केर थप कुरा बुझे । जा’हेरीमा जानुपर्छ, न्यायको प्रक्रिया थाल्नुपर्छ भन्ने सुझाए । त्यो माघ दोस्रो साताको कुरा थियो ।घटनास्थल तनहुँ थियो ।

तनहुँ टाढा थिएन, जहाँको घटनाको ह’दम्याद गु’ज्रिएको थिएन । बालिका र उनका बाबाआमालाई पनि सुम्झाइबुझाइ कास्की प्रहरीले तनहुँ जाने उपाय निकाल्यो । साथमा जिल्ला प्रहरी कार्यालय कास्कीबाटै १ जना प्रहरी पनि खटाइए, गाडीको बन्दोबस्ती पनि भयो । तनहुँ गए ।

कास्की प्रहरी प्रमुखले तनहुँ प्रहरी प्रमुखसँग संवाद जारी राखे । त्यहाँबाट पोखरा नै अनुसन्धान अधिकृत मगाएर पनि घटना विस्तृत विवरण जानकारी गराए । नाबालिका र बाबुआमालाई पनि निरन्तर परामर्शमा राखेर जाहेर तयार गरी २१ फागुनमा तनहुँमा दर्ता गराइएको अधिवक्ता टंक पौडेल बताउँछन् ।

जा’हेरीका लेख्ने काम उनै पौडेलले गरेका हुन् ।जसै कास्की प्रहरीको परामर्शले पी’डित र उनका बाबाआमालाई ठूलाबडाका पक्षमा मात्रै मान्छे हुँदैनन् भन्ने हौसला दियो । उनीहरुलाई जाहेरी दिन आँट पलायो । ‘त्यतिबेला कास्की प्रहरी हाम्रो पक्षमा नउभिएको भए

आज यो ठाउँसम्म आएर यसरी ल’ड्ने साहसै हुन्थेन,’ बालिकाका बाबुले भने, ‘खोजे भगवान पनि भेटिन्छ भन्छन् । हामीले भेट्टायौं ।’ अहिले उनीहरुलाई प्रहरी र त्यसमाथि कास्की प्रहरीको भरले नै आँट दिइरहेको छ । ‘अब कुनै ड’र छैन,’ बालिकाका बुवाले भने, ‘हामी नै पी’डित, हामी नै किन ड’राउने ?

अब ज्यान जा’ला, छोरीलाई न्याय दिलाएरै छोड्छौं ।’ अहिले पनि कास्की प्रहरीले बालिकाको परिवारलाई सुरक्षा दिइरहेको छन् । जसले गर्दा उनीहरु सुरक्षितसँगै आँ’टिला पनि भएका छन् ।

प्रतिकृया दिनुहोस्