Tuesday, June 15

कर्मचारीको तलब २ हजार बढ्दा कार्यालय सहयोगीको तलब २४ हजार बढी, कसको कति पुग्यो ? (सुची सहित)

May 29, 2021 465

काठमाडौं । सरकारी कर्मचारीको तलब वृद्धि भएको छ । आगामी साउनबाट लागु हुनेगरी सरकारले सबै कर्मचारीको तलबमानमा समान २ हजार रुपैयाँ बढाएको हो । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सरकारले कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको हो । कोारोना महामारीको समयमा सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको हो ।

२ वर्ष अघि अर्थात आर्थिक वर्ष २०७५/७६ मा मात्र कर्मचारीको तलब रात्रपत्रांकितका लागि १८ प्रतिशत र राजपत्रअनंकितका लागि २० प्रतिशत बढाएको थियो । तलब बढेसँगै कर्मचारी संयन्त्रको सबैभन्दा माथिल्लो तह मुख्य सचिवको तलब मासिक ६७ हजार १३६ रुपैयाँ पुगेको छ । यो कर्मचारीले पाउने विभिन्न सेवा सुविधाबाहेकको तलबमान हो ।

निजामती कर्मचारीको तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न ‘पे कमिसन’ गठन गर्ने समेत अर्थमन्त्रीले बताएका छन् । कर्मचारीको १० लाखको सामूहिक दुर्घटना विमा र एक लाखको स्वास्थ्य बिमाको पि्रमियम सरकारले व्यहोर्नेछ । निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निमार्ण गर्ने समेत अर्थमन्त्रीले बताएका छन् ।

बजेटमा निजामती कर्मचारीले तिर्ने सामाजिक सुरक्षा करको ५० प्रतिशत निजामती अस्पतालको पूर्वाधारका लागि दिने र अस्पतालमा निजामती कर्मचारीका लागि शैया तोक्नुका साथै डेडिकेटेड सेवा सुरु गर्ने समेत बजेटमा उल्लेख छ । निजामती कर्मचारीको सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निजामती विद्यालय सञ्चालन गर्ने र भएका विद्यालयलाई स्तरोन्नती गर्ने अर्थमन्त्रीले बताए । कसको कति पुग्यो? उनीहरुले सन्तती छात्रवृत्तिसमेत पाउने भएका छन् ।

सरकारले कर्मचारीलाई घुमघाम काज दिने भएको छ । अर्थमन्त्री पौडेलले घुमघाम काजको घोषणा गरेका हुन् । अब सरकारी कर्मचारीले घुमघाम काज अन्तर्गत वर्षमा १० दिन भ्रमण बिदा पाउनेछन् ।सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको अर्थमन्त्री पौडेलले बताएका छन् । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ । अन्य कसको कति पुग्यो? तल हेर्नुहोस

प्रतिकृया दिनुहोस्