Sunday, October 2

आफ्नी छोरीले न्याय पाउने आशामा नाबालिगकी आमा, पल शाहले पटक-पटक फोन गरेर यस्तो भनेका रहेछन्

March 12, 2022 412

काठमाडौ । पल शाह प्रकरण झनै जटील बन्दै गएको छ । काठमाडौंबाट दुई वर्ष जेठी दिदी र भिनाजुसँग उनी जिप्रका तनहुँमा जाहेरी दिन पुगेकी थिइन् । कास्कीबाट उनका बुबाआमा पनि त्यहाँ आएपछि जाहेरी दर्ता गरिएको थियो । दर्तापछि उनी बुबाआमासँग कास्कीको लाहचोकमा रहेको आफ्नो घरमा गइन् । तर, त्यहाँ छरछिमेकीले धेरै नै खोजीनिन्दा गर्न थालेपछि उनी अहिले एक आफन्तको घरमा बसिरहेकी छन् ।

दिदी-भिनाजु पनि उनीसँगै छन् । आफूले आइडल मानेको पात्रसँग एकोहोरो प्रेममा फस्दा उनको निजी जीवन बिथोलियो । उमेरजन्य अपरिपक्वताले गर्दा यो बीचमा धेरैबाट ‘म्यानुपुलेट’ पनि भइन् । कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् । अब चाहिँ निर्णायक लडाइँमा छिन् । आफूलाई प्रेमजालमा फँसाएर स्वार्थसिद्धी भएपछि लत्याउने पुरुषका विरुद्धको लडाइँ उनलाई जसरी पनि जित्नु छ ।

पीडित भनिएको पक्ष जसरी भए पनि पल शाह लाई कानुनी दायरामा ल्याउन लागि परेको छ भने पल आफै यो घटना बाट जतिसक्दो प्रभावमा होस् या दबाबमा बाहिर निस्कन चाहन्छन् । दुबैको जोड तोड आफ्नो ठाउँमा छ तर यसको अन्तिम फैसला सम्मानित अदालतले गर्नेछ । यसैक्रममा नाबालिगको परिवारले भने न्याय पाउने आशा ब्यक्त गरेको छ ।

नाबालिगकी आमाले पलले आफुलाई पटक पटक फोन र भेटेरै पनि ब ,ला,त्का रको उजुरी नदिन दबाब दिएको बताएकी छिन् । उनले भनिन्– उजुरी दिनुअघिसम्म पनि धेरै जनाले फोन गरेर प्रहरीमा जानबाट रोक्न खोजेका थिए हामीलाई । छोरीले फोन उठाएन भनेर मलाई फोन गर्थे, उजुरी दिन हुँदैन भन्थे,’ ।

उनले उजुरी दिनै मुस्किल रहेको बेला अब भने आफ्नी छोरीले न्याय पाउनेमा आशाबादी रहेको बताईन् । उनले न्याय नपाए सम्म लडिरहने पनि बताईन् । यसैबीच पीडित भनिएको परिवारले पल शाहको पक्षमा लागेर आफूहरूविरूद्ध जथाभाबी बोल्ने र लेख्नेलाई कारबाही गर्न माग गरेको छ । आफ्नी छोरी बिरुद्ध उत्रिएका तथा छोरीलाई श्र द्धा ञ्ज ली दिने सबैलाई कारबाही हुनु पर्ने माग गरेकी छिन् ।

छोरीको तथा आफ्नो परिवारको चरित्र ह ,त्या गर्ने सबैलाई कारबाहीको माग उनकी आमाले गरेकी छिन् । शाहमाथि अहिले तनहुँ र नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ। बिहीबार कास्की प्रहरी कार्यालयमा भेटिएकी आमाले सामाजिक सञ्जालमा गरिएका गाली देखेर आफूहरू आ त्तिएको बताइन्। उनले त्यसरी गा,ली गर्नेलाई कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएकी हुन् ।

प्रतिकृया दिनुहोस्