Thursday, October 6

अमेरिका पुगेको २ महिनामै बाकस फर्किइन् झापाकी बर्खा खड्का प्रसाईँ

March 13, 2022 653

नोभेम्बर महिनाको तेस्रो साता उनलाई अमेरिकाको मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भिर रुपमा घाइते भएकी ४० वर्षीया प्रसाईलाई तत्काल अस्पताल लगेपनि

उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा कार्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्तरगत

अमेरिकामा काम गर्नका लागि आएकी थिइन् । सुरुमा अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा खटाइएको थियो ।झापाको बुद्धशान्ति गाउँपालिका स्थाई घर

भएतापनि २ महिनाअगाडि अमेरिका पुगेकी बर्खा खड्का प्रसाईँ बाकसमा फिर्ता आउने भएकी छिन् ।अमेरिकाबाट प्रकाशित हुँदै आइरहेको खसोखासमा प्रकाशित समाचार अनुसार बर्खाको शव आज अमेरिकाको वासिंटन डिसीबाट नेपाल पठाइएको हो ।

प्रतिकृया दिनुहोस्