Thursday, October 6

बन्जीजम्पका क्रममा डोरी चुँडिएपछि ८० फिट तल खसेर महिलाको मृत्यु(भिडियो हेर्नुस्)

March 14, 2022 1426

बन्जीजम्पका क्रममा डोरी चुँडिएपछि ८० फिट तल खसेर महिलाको मृत्यु

काठकाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्यान गएको छ । यी महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टा बाँधिएको डोरी चुँडिएपछि ८० फिट तल खसेर उनको मृत्यु भएको हो । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।

भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी हाम्फालेपछि दर्दनाक दुर्घटना भएको देख्न सकिन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****डेलीमेलको रिपोर्टअनुसार कजाखस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभा अ ाफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् ।

लिओन्तिभा ३ बच्चाकी आमा थिइन् । उनीहरु गएको होटलको छतमा बन्जी जम्प भइरहेको थियो । लिओन्तिभाले पनि बज्नी जम्प गर्ने इच्छा देखाइन् र छतमा गइन् । तर, उनी हाम्फालेपछि उनलाई अड्याउनुपर्ने डोरी चुँडियो र उनी भुइँमा खसिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

लिओन्तिभा करिब ८२ फिट उचाइबाट भुइँमा खसेकी थिइन् । उनलाई तत्काल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भयो । रिपोर्टका अनुसार उनले यसअघि पनि बन्जी जम्प गरेकी थिइन् । पुलिसले यो घटनामा हत्याको कोणबाट पनि जाँच गरिरहेको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्