Sunday, October 2

सिन्धुलीमा जन्ति बोकेको टिपर दु’र्घटनाः दुई जनाको मृ’त्यु, २४ जना घा’इते

March 14, 2022 250

सिन्धुली- सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ति सवार टिपर अनियन्त्रीत भएर प’ल्टीदा दुई जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा २४ जना घा’इते भएका छन् ।

घा’इतेमध्ये ४ जनाको अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा प’ल्टिएको थियो । ग’म्भीर घा’इते भएका टिपरमा सवार उदयपुरको कटारी

नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृ’त्यु भएको हो । ग’म्भीर घा’इते ४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अन्य घा’इतेहरुको बिराटनगर, कटारी र

सिन्धुलीका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । बेहुला बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ ।तस्बिर : सांकेतिक

प्रतिकृया दिनुहोस्