Sunday, October 2

फेरी भेटियो कोरोनाको नयाँ भेरियन्ट

March 14, 2022 519

फेरी भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको त्रास कम भइरहेका बेला पुनः नयाँ भेरियन्ट फेला परेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका र फ्रान्समा नयाँ भेरियन्ट देखिएको हो ।

नयाँ भेरियन्ट कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको पाइएको छ । ‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् । गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यहि भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको थियो ।

हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएको बताइएको छ। गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले एक जना बेलायती नागरिकमा डेल्टा र ओमिक्रोन दुवैको लक्षण देखिएको बताएको थियो ।

प्रतिकृया दिनुहोस्