Thursday, October 6

नाबालिका गायिका भन्छिन : म गायानमै केन्द्रीत हुनेछु, म ढुक्क छु ‘मेरो करियर अगाडि बढ्नेछ’

March 15, 2022 341

काठमाडौं ।

कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् । अब चाहिँ निर्णायक लडाइँमा छिन् । आफूलाई प्रेमजालमा फँसाएर स्वार्थसिद्धी भएपछि लत्याउने पुरुषका विरु’द्धको लडा’इँ उनलाई जसरी पनि जित्नु छ ।

‘रियल हिरो’ कहलिएिका स्टारविरुद्ध जबर्ज’स्ती क’रणीको जाहेरी हालेयता उनले सामाजिक सञ्जालमा निकै तीखा प्रतिक्रियाहरू सामना गर्नुपर्‍यो । सुरू(सुरूमा त्यस्ता प्रतिक्रियाहरू पचाउन निकै गाह्रो भएको थियो उनलाई । कमेन्टमा कसैले ‘रिप’ लेखेको देखिन् भने धेरैबेरसम्म बिथोलिन्थिन् । बारम्बार रुन्थिन् ।

‘उनले आफैंलाई जितिन् । आफूलाई जित्नु नै सबैभन्दा ठूलो जित हो’– दार्शनिक प्लेटोले भनेथे । उनी त दार्शनिक थिए, तर उनले त्यसलाई व्यवहारमा उतारिन् । हाम्रो कानूनले उनको उमेरको अंक हेरेर ना,’बालिग भन्यो । तर, उनी परिपक्व बनेकी छन् । उनी अब ना,’बालिगमात्रै होइनन्, एक यो’द्धा हुन् ।अघिल्लो हप्तासम्म दमौलीको सडकमा उनीविरुद्ध प्रदर्शित त्यो हजारौँको भीडले ना’राबाजी गरिरहँदा उनले त्यसलाई अंक मात्र सम्झिइन् ।

एउटा अबुझ भीडको संज्ञा दिइन् । अहिले त्यो भीड साम्य छ । लुकेको छ । उनले त्यो भीडलाई सामना गर्ने हिम्मत देखाइन् र त उनी यो’द्धा बनिन् । दमौलीका सडकमा पी’डकको पक्षमा उर्लिएका र पी’डितलाई लगातार शब्दवाणले हा’निएका ती नि’शानाहरुलाई उनले मोडेकी छन् ।

तर, बिस्तारै आफ्नो पक्षमा बढ्दो सहानुभूतिका कारण अहिले उनको मनोबल बढेको छ । हिजोआज उनले आफूलाई मानसिकरूपमा निकै बलियो बनाइसकेकी छन् । जाहेरी दिएयता कलाकारिता क्षेत्रका धेरै मानिसहरूसँग उनको कुराकानी भएको छैन । केहीले उनलाई यो लडा’इँबाट नडग्मगाउन विभिन्न माध्यमबाट सन्देश पठाएका छन् । स्क्या’न्डल बाहिर आएपछि आमरूपमा उनको विपक्षमा जनमत थियो । तर, अहिले माहोल बदलिएको छ । उनको पक्षमा पनि धेरै मानिसहरू खुल्न थालेका छन् ।

‘पहिले धेरैजसो गाली मात्रै थिए । फेसबुक हेर्न पनि डर लाग्थ्यो । तर अहिले धेरैजनाले समर्थन गर्नुभएको देखेर मेरो हिम्मत बढेको छ । म यो लडाइँबाट व्याक हुन्न,’ गायिकालाई उद्धृत गर्दै निकट स्रोतले भन्यो । काठमाडौंबाट दुई वर्ष जेठी दिदी र भिनाजुसँग उनी जिप्रका तनहुँमा जाहेरी दिन पुगेकी थिइन् । कास्कीबाट उनका बुबाआमा पनि त्यहाँ आएपछि जाहेरी दर्ता गरिएको थियो ।

दर्तापछि उनी बुबाआमासँग कास्कीको लाहचोकमा रहेको आफ्नो घरमा गइन् । तर, त्यहाँ छरछिमेकीले धेरै नै खोजीनिन्दा गर्न थालेपछि उनी अहिले एक आफन्तको घरमा बसिरहेकी छन् । दिदी(भिनाजु पनि उनीसँगै छन् । प्रहरीमा जाहेरी दिएयता किशोरीले आफ्नो फेसबुक खोलेकी छैनन् । उनको मोबाइल छानविनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमै छ । उनी दिदीको मोबाइलमा दिदीकै फेसबुक हेर्छिन् । टिकटक र युट्यूवमा आएका भिडिओहरू पनि हेर्छिन् । खासगरी टिकटकका भिडिओ र कमेन्टहरूले उनलाई अझै पनि आहत तुल्याइरहेका छन् ।

आफ्नो मोबाइल नभएकाले किशोरी बाहिरी मानिसहरूको सम्पर्कमा खासै छैनन् । नजिकका आफन्त र सीमित साथीभाइसँग मात्रै उनको कुरा भइरहेको छ । उनका दाइ वैदेशिक रोजगारीका लागि दुबईमा छन् । दिदी र भिनाजुले चाहिँ उनको साथ छोडेका छैनन् । परिवारको बलियो साथले गर्दा पनि उनको आत्मबल बढेको छ । पहिले(पहिले उनलाई राति निदाउनसमेत संघर्ष हुन्थ्यो । तर, अहिले त्यो समस्या छैन ।

उनी भन्छिन् : “म काठमाडौं फर्किनेछु, र गायनमा नै केन्द्रित हुनेछु, मेरो करियर अगाडि बढ्नेछ, म ढुक्क छु,” । करियर बिग्रन्छ भन्ने धम्की दिएर गरिएका शोषणका धेरै घटनाहरु अब बाहिर आउने र आफू त्यसको पक्षमा सधैँ लड्ने उनले बताएकी छिन ।

प्रतिकृया दिनुहोस्