Thursday, October 6

कपिलबस्तुकी ९ बर्सिय सन्जिताको बुवा सन्दिप पोखरेलको काठमाडौंको ग्रीन सिटि हस्पिटलमा निशुल्क उपचार हुदैछ

March 15, 2022 342

कपिलबस्तुकी ९ बर्सिय सन्जिताको बुवा सन्दिप पोखरेलको काठमाडौंको ग्रीन सिटि हस्पिटलमा निशुल्क उपचार हुदैछ । निमोनियाका कारण बिस्तारामा थला परेका ३० बर्सिय सन्दिपलाई हामिले केही दिन अगाडी काठमाडौं लिएर आएका छौ काठमाडौं आएको ५ दिनमै सन्दिपको स्वाथ्यमा थुप्रै सुधार आएको छ ।

अहिलेसम्म सन्दिपको उपकारको लागी भनेर करिब ७ लाख उठिसकेको र आज फेरि जम्मा भएको १ लाख ४ हजार ३ सय रुपैया लिएर आज हस्पिटलमै पुगेर बुझाएका छौ । ३० बर्सिय सन्दिप पोखरेल आफु १२ बर्सको हुदा बुवा मुटुको समस्याले गर्दा गुमाउनु पर्यो उहाको उपचारको लागी लागेको ऋण तिर्नको लागी सानै उमेरमा भारत जानुभयो र तन्दुरिमा काम गर्न थाल्नुभयो।

पछि एक्कासि टी भी , निमोनियाँ देखियो अहिले त्यहि कारण बिस्तारामा थला पर्नुभएको छ । खाना खादा पनि उहालाइ अक्सिजन चाहिन्छ , उता आमा हिरा पोखरेल श्रीमान सन्दीपको उपचारको लागी भन्दै २ बर्स ६ महिना देखि कुबेतमा हुनुहुन्छ ।

सानि नानि सन्जिताको धेरै पढ्ने र राम्रो डान्सर बन्ने मन छ तर उनको स्कुलमा १ बर्स देखिको शुल्क तिर्न बाकी छ । घरमा बेच्न मिल्ने सबै बेच्न्नु भयो सन्दीपको आमाले छोराकै लागी ८ बर्स बिदेशमा समेत बन्नुभयो , यो परिवारमा असाध्यै गाह्रो छ भन्ने खबर थाहा पाएपछि हामि कपिलबस्तुको कुस्मा बैरेनी पुगेर सन्जिताको कथा प्रस्तुत गरेका थियौ सोहि रिपोर्ट हेरेपछि हामिलाइ आज सम्म करिब ७ लाख सन्दीपको उपचारको लागी जुटाएका छौ ।

र सन्जितालाइ १२ सम्म निशुल्क पठाउने जिम्मा लिनु भएको छ आकाश बन्जारा सरले । र केहि दिन अघि सन्दिपको श्रीमती हिरा पोखरेल पनी श्रीमानको उपचारको लागी भन्दै नेपाल आउनु भएको छ र घर आएको २ दिनमै श्रीमान्लाइ लिएर काठमाडौं आउनुभएको छ …बाकी भिडियोमा सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ???

प्रतिकृया दिनुहोस्