Thursday, September 23

बसले ठक्करबाट दुधे बालकसहित श्रीमान्, श्रीमतिको मृत्यु,

May 30, 2021 219

महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कु’टरलाई ठ’क्कर दिँदा एकै परिवारका तीनजनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । सिन्धुलीबाट धनगढी
तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा
नम्बर–१ दुधौरा खोला नजिक ठ’क्कर दिँदा सो घ’टना भएको हो ।

घ’टनामा निजगढ नगरपालिका वडा नम्बर–१० लाल टोल बस्ने श्रीमान्, श्रीमति र दश महिने छोराको मृ’त्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका
प्रमुख श्याम मुकार महतोले बताउनुभयो । मृ’त्यु हुनेमा निजगढ नगरपालिका वडा नं.–१० लाल बस्ने स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति
ज्योति स्याङ्गतान र उहाँको दश महिने छोरा आहान स्याङ्गतानको रहेकाे उहाँले जानकारी दिनुभयो ।

ठ’क्कर दिने बसका चालक फ’रार रहेका छन् भने दु’र्घटना भएका सवारी साधन ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय
पथलैयाका प्रशासन प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्र कोईरालाले बताउनुभयो ।दुबै सवारी तीब्र गतिमा आउँदै गरेको तथा स्कुटीले ओभरटेक गर्ने क्रममा सो दु’र्घटना
हुन गएको खु’लेकोमा यसबारे अ’नुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक कोईरालाले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

यो पनि पढ्नुहोस : झुठा र निकृष्ट लाञ्छना सहन्न, अब दुईमध्ये एक हट्नै पर्छ : ओली !

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको विवाद झनै बल्झिने देखिएको छ । हिजो (बुधवार) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावको चर्को आलोचना गर्दै अर्को प्रस्ताव ल्याउने बताएपछि दुईपक्षबीचको विवाद पत्राचार, प्रस्ताव हुँदै अब पार्टी कमिटीहरुतर्फ मोडिएको छ । आफूले राजनीतिक प्रस्ताव तयार गर्न १० दिनको समयावधि मागेका ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै प्रचण्डको प्रतिवेदनले झुठा र निकृष्ट लाञ्छना लगाइएको भन्दै सहेर नबस्ने चेतावनीसमेत दिएका छन् । ओलीको चेतावनीपछि नेकपाभित्रको विवादले नयाँ मोड लिने देखिएको छ । आफूविरूद्ध एक पक्षीयरूपमा कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि चिढिएका ओलीले बुधबारको बैठक सार्न खोजे पनि अन्ततः असफल भए । एकपक्षीय रूपमा सरकार सञ्चालन गरेको आरोप खेपेपछि बहुमत सचिवाय सदस्यको घेराबन्दीमा परेका ओलीले बुधबारको सचिवालय बैठकमा पनि लचकता भने देखाएनन्।

राजनीतिक प्रस्तावका लागि १० दिनको समयावधि मागेका ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै झुठा र निकृष्ट लाञ्छना लगाइएकाले सहेर नबस्ने चेतावनीसमेत दिएका छन् । दाहालले गत शुक्रबार सचिवालयमा दर्ता गराएको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र गरेको उनले बताएका छन् । उनले उक्त प्रस्तावलाई राजनीतिक प्रस्ताव नभएर आफ्नो राजनीतिक जीवन समाप्त गर्ने ‘अभियोगपत्र’ आएको बताएका हुन्। यस्तो छ ओलीले सचिवालयमा गरेको सम्बोधनको पूर्णपाठको सम्पादित अंश – आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन । बैठक धेरै जटिल मोडमा छ । पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन । हामी पनि गुज्रिराखेका छैनौँ । म एक दुईवटा कुरा राखौँ । अस्तिको बैठकमा केही कुराहरू, जस्तो कि बैठकको एजेण्डाको रूपमा होइन, पत्राचारका रूपमा, जस्तो कि पाँच जना साथीहरूले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपहरूसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ।

तर, ती आरोपहरू अनुत्तरत हुन पनि सक्दैनथे । मैले त्यसको जवाफ किन दिनुपर्‍यो ? वास्तवमा ती आरोपहरू सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए, तिनको बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो । त्यसकारण मैले व्यक्तिगत तवरमा नै, अगुवाइ उहाँको भएको हुनाले, अर्का अध्यक्षलाई पत्र लेखेँ । र, त्यस पत्रको जानकारी बोधार्थका रूपमा पत्र बुझाउन आउने साथीहरूलाई त दिएँ नै, अरू साथीहरूलाई पनि जानकारीका लागि दिएँ । त्यसको प्रत्युत्तरमा चाहिँ अर्को ७ पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो । त्यसको जवाफ मैले दिएको छैन । स्वाभाविकरूपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने छ । त्यसबाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यहरूलाई पनि बाँड्नुभयो । त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ । एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो।

अरू साथीहरूलाई पनि वितरण गर्नुभयो । तर, त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । त्यसलाई विधिसम्वत प्रस्ताव भन्न मिल्दैन । तर, त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ । त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखबारबाजी गरियो, यसो गर्नु उचित भयो कि भएन ? केही मतलबको कुरा भएन । अखबारबाजी गर्नका लागि समेत त्यसो गरिएको थियो र त्यसमा केही साथीहरूको संलग्नता र सहमति भएको पनि जानकारी भयो । त्यसो भएर यो विषय धेरै गम्भीर छ । मैले अस्ति दुई जना कमरेडहरूलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेँ र भनेँ कि यसको छिनोफानो नभइकन, यी आरोपहरूसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन । यी आरोपहरू या त त्यसबाट बदर हुनुपर्‍यो, तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ । त्यसो होइन भने सदर हुनुपर्‍यो र ती पदहरू र ती जिम्मेवारीबाट हट्नु पर्‍यो । यो हट

प्रतिकृया दिनुहोस्