Sunday, October 2

अब बोतलमा पेट्रोल बेच्नेलाई कारबाही 

March 17, 2022 197

ताप्लेजुङ / ताप्लेजुङमा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्नेलाई कारबाही हुने भएको छ । पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु गैर’कानुनी कार्य भएकाले यस्तो कार्य गर्नेलाई स्थानीय प्रशासनले का’रबाही गर्ने चेतावनी दिएको हो ।

बिनाअनुमति तथा गैरकानुनी रुपमा बोतलमा भरेर जताभावी पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यापारीलाई का’रबाही हुने प्रशासनको भनाई छ । विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा बोतलमा राखेर जताभावी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवै’ध रुपमा पेट्रोल बिक्री वितरण गर्नेलाई कारबाही गर्ने बताएको छ ।

उपभोक्ता अधिकार दिवसका अवसरमा सचेतना फैलाउने कार्यक्रमसहित बजार अनुगमन भएकाले अवै’ध रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइए पनि अनुगमन टोलीले अन्तिम मौकास्वरुप सम्बन्धित बिक्रेतालाई बुधबार बिहान १० बजेसम्म हटाउन निर्देशन दिएको छ ।

तोकिएको समयभित्र नहटाएमा वा बोतलमा राखेर पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा तत्काल जफत गरी बिक्रेतालाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईले चेतावनी दिनुभयो । यो खबर आ’जको गोरखापत्र दैनि’कमा छा पि’एको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्