Thursday, September 23

सरकारी अस्पतालमा अक्सिजन नपाउँदा सुत्केरीले ज्यान गुमाइन् ७ जनाको ज्यान गयो, बिरामीको यस्तो छ चित्कार (भिडियो हेर्नुस्)

May 30, 2021 146

गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा अक्सिजन अभावका कारण सात जना बिरामीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक जना सुत्केरी समेत रहेकी छन् । बिरामीका आफन्तका अनुसार अक्सिजन सकिएको जनाकारी थिएन ।

एक्कासी अक्सिजन सकिएको खबर आयो खोज्न जाँदा पाईएन पछि हेर्दा हेर्दै बिरामीको ज्यान गयो । यो सबै अस्पताल प्रशासन र डाक्टरहरुको गल्ती भएको बिरामी कुरुवाहरु बताउँछन् । यसबारे अस्पताल प्रशासन र गण्डकी प्रदेश सरकारले आफ्नो आधिकारीक धारणा दिएको छैन ।

गण्डकी अस्पतालका कोभिड फोकल पर्सन डा। सरद बरालका अनुसार हाइर्ए फ्ल्यो अक्सिजन नहुँदा समस्या परेको बताउँछन् । जति पनि बिरामी भर्ना भएका छन् सबै अक्सिजन चहिने बिरामी भएकाले अक्सिजन नपुगेको उनेको दाबी छ । यसबारे सरकार जिम्मेवार हुुनपर्ने तर्क समेत डा। बराल गर्छन् । हेनुहोस् स्थलगत रिपोर्ट


काठमाडौं । ठूला इन्जिन क्षमताका मोटरसाइकल र स्कुटरको मूल्य घट्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक अध्यादेश मार्फत ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरमा लाग्ने सडक निर्माण दस्तुर घटाए हो ।

योसँगै ४०० सीसी माथिका मोटरसाइकल तथा स्कुटर सस्तो हुने भएको हो ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरको सडक निर्माण दस्तुर १ लाख रुपैयाँले घटाएका हुन् । यसअघि ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरमा २ लाख रुपैयाँ प्रतिगोटा सडक निर्माण दस्तुर लाग्ने गरेको थियो ।

त्यसैगरी, सरकारले हाइब्रिड कारको अन्तःशुल्क घटाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक अध्यादेशमार्फत् हाइब्रिड कारको अन्तःशुल्क २० प्रतिशत विन्दुले घटाएका हुन् । यसअघि हाइब्रिड कारमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो । अहिले यसलाई घटाएर ४० प्रतिशतमा झारिएको छ । हाइब्रिड र प्लगइन हाइब्रिड दुवैको अन्तःशुल्क ४० प्रतिशत कायम गरिएको हो ।

यस्तै विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क पूर्णरुपमा हटाइएको छ भने भन्सार १० देखि ४० प्रतिशत लाग्ने व्यवस्था गरेका थिए । चालु आर्थिक वर्षको बजेटमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार र अन्तःशुल्क वृद्धि गरेका थिए ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारीसाधनमा लाग्ने अन्तःशुल्क पुरै मिनाह गरिएको छ भने भन्सार दर गाडीमा जडान भएको मोटर क्षमताको आधारमा लाग्ने व्यवस्था गरेको छ ।

आर्थिक अध्यादेशले १०० किलोवाट क्षमतासम्मका विद्युतीय कार, जीप, भ्यानमा १० प्रतिशत, १०० किलोवाटभन्दा माथि २०० किलोवाट सम्मका साधनमा १५, २०० देखि ३०० किलोवाट क्षमताको मोटर भएकामा ३० र ३०० किलोवाट भन्दा माथिका साधनमा ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस्