Friday, April 16

धरान नै पुगेर रवि लामिछाने रमेश प्रसाईलाई दिए विबाहको शुभकामना (भिडियो)

December 7, 2020 289

काठमाडौँ । सामाजिक सञ्जालमा निकै चर्चित रमेश प्रसाई आज नन्दासँग बिबाह बन्धनमा बाधिएका छन् । रमेशको विबाहमा देशका विभिन्न स्थानबाट उनका शुभचिन्तकहरु उनलाई शुभकामना दिन धरान नै पुगेका छन् ।

महिला टोलीले पञ्चेवाजा बजाएको उक्त वैबाहिक समारोहमा चर्चित पत्रकार रवि लामिछाने, इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल लगायतका परिचिति ब्यक्तित्वहरु नै धरान पुगेर उनलाई बैबाहिक जीवनको शुभकामना ब्यक्त गरेका छन् । रविले यो अवसर मिलाइदिएकोमा रमेशलाई भेटेरै बधाई दिएका छन् ।

महिलाहरुले पञ्चेवाजा वजाएको देखेर इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल मज्जाले जाचेका छन् । रमेशसंग नन्दाको चिनजान पनि इन्द्रेणीका कृष्ण कडेलले गराइदिएका थिए ।

भेट भएको केही समयमा रमेशले नन्दालाई विवाहको प्रस्ताव राखेको नन्दाले खुलासा गरेकी छन् । उनले प्रेम प्रस्ताव राखेको एक महिनामा स्वीकार गरेकी थिइन् । काठमाडौमै रहेका रमेश विवाहका लागि आफ्नो गृहजिल्ला सुनसरी पुगेका थिए । बिहेमा कल्पना दाहाल पनि गएकी छिन् । उनीहरुको विवाहमा इन्द्रणी कार्यक्रमको टिम र केही युट्युवरहरु समेत सहभागी भएका छन् । त्यसका लागि इन्द्रेणी टिम दुई दिन अघि नै धरान पुगेको थियो ।

प्रतिकृया दिनुहोस्