Saturday, June 19

सोच्नै नसकिने गरि घट्यो प्याजको मुल्य !

May 30, 2021 147

खुसिको खबर – एकाबिहानै सोच्नै नसकिने गरि घट्यो प्याजको मुल्य !काठमाण्डौ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न सुरूवात गरेको छ। सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी ६० रूपैयाँमा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए। mउनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ।** थप जानकारी का लागि तल क्लिक गर्नुहोस
नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि हुने भएको छ । आगामी साउनदेखि रासनभत्ता बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् । विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको छैन । गृह मन्त्रालयले करिब ३३ प्रतिशत रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थियो ।

तर, सरकारले १५ प्रतिशत मात्र वृद्धि गरेको छ । हरेक जिल्लामा प्रहरीको रासनभत्ता फरक–फरक हुन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले रासनबापत भत्ता पाउने भए पनि नेपाली सेनाका कर्मचारीले भने ठेक्का प्रक्रियामार्फत रासन नै लिने गर्दछन् ।

यस्तै सरकारले सरकारी कर्मचारीको तलव २ हजार रूपैयाँले वृद्धि गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय-व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए । कोभिड-१९ महामारीका कारण तलव बढाउने अनुकूल परिस्थिति नभए पनि सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता बढाउन साउन १ देखि लागू हुने गरी सबै राष्ट्रसेवकको तलवममानमा मासिक २ हजार वृद्धि गरेको अर्थमन्त्रीले बताए ।

हालको महंगी भत्तालाई निरन्तरता दिएको पनि उनले जानकारी दिए । नेपालका कर्मचारीको तलवमानलाई दक्षिण एसियाका कर्मचारीसँग तादम्यता कायम गर्न तलवमानसम्वन्धी अध्ययन गरी सुझाव पेस गर्न सरकारले ‘पे कमिसन’ गठन गर्ने भएको छ । यसअघि आर्थिक वर्ष २०७६/७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो । सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो । समयानुकुल तलव भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै कर्मचारी युनियनले सरकारलाई दवाव दिइरहेका थिए ।

निजामती कर्मचारीको तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न ‘पे कमिसन’ गठन गर्ने समेत अर्थमन्त्रीले बताएका छन् ।कर्मचारीको १० लाखको सामूहिक दुर्घटना विमा र एक लाखको स्वास्थ्य बिमाको पि्रमियम सरकारले व्यहोर्नेछ । निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निमार्ण गर्ने समेत अर्थमन्त्रीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्