Saturday, July 2

काठमाडौँ आउँदै गरेको बस पल्टिँदा ३८ जना घाइते, कस्तो छ अवस्था ?

March 26, 2022 207

पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका-३ कुरिनटार नजिकै पानीधारामा शनिबार बिहान यात्रुवाहक बस पल्टँदा ३८ जना घाइते भएका छन् ।

चितवन जिल्ला प्रहरी कार्यनलयका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा ५ ख ७९४२ नम्बरको बस बिहान सवा नौ बजेतिर अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

३८ जना घाइतेहरूमध्ये २५ जनाको फिस्लिङको पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चालक सहित ६ जनाको चितवन भरतपुरको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । चालकको अवस्था मध्यम र चार जनाको अपस्था सामान्य रहेको डीएसपी अधिकारीले बबताए ।

त्यस्तै घाइते ५ जनालाई उपचारको लागि ललितपरस्थित बीएण्डबी अस्पताल लगेकोमा दुई जनाको अवस्था गम्भीर र बाँकीको अवस्था सामान्य छ । दुर्घटनाग्रस्त बसले सडक नै ढाकेका कारण दुवैतर्फ बाटो अवरोध भएकोमा क्रेनले बस हटाई दुईतर्फ बाटो खुला गरेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्