Saturday, June 19

विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

May 30, 2021 109

एजेन्सी । अमेरिकामा विमान दुर्घटना हुँदा ७ जनाको निधन भएको छ । अमेरिकाको टेनिसीमा एउटा सानो सेस्ना जेट विमान दुर्घटना भएको हो । दुर्घटना हुँदा सो विमानमा सवार सबै ७ जनाको निधन भएको हो ।

सेस्ना सी५०१ विमान पर्सी प्रिस्ट तालमा खसेर दुर्घटनाग्रस्त भएको हो। प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ।

उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ। संघीय हवाई उड्डयन प्रशासनले विमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ।sourcewww.etajakhabar.com

यो अर्को समाचार, ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँ रहेको स्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा सुकेटार विमानस्थललाई ‘स्व। रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिएको थियो । त्यसपछि जिल्लावासीले यसमा असन्तुष्टि जनाउँदै आएका छन् । सामाजिक सञ्जालमा विमानस्थलको नयाँ नामकरण नगर्न सरकारलाई सुझाव दिइएको छ ।

निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘ऐतिहासिक रूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्दछ । यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुन सक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक त ना व मात्र झेल्नुपर्दछ ।’
यो अर्को समाचार
काठमाडौ । भरतपुर महानगरपालिका १० स्यालीबजारमा खाने पकाउने ग्यासको सिलिन्डर प’ड् किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्यास प’ड् किँदा ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष घाइते भएका हुन् ।

घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । खाना बनाउने क्रममा ग्यास प’ड् किएपछि घरमा आ ग लागी भएको हो । आ गो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले निभाइएको प्रहरीले जनाएको छ ।

यो अर्को समाचार, सरकारले व्यक्तिलाई करमा छुट र सहुलियत दिने बजेटमार्फत घोषणा गरेको छ। यसअनुसार आर्थिक वर्ष २०७७÷०७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदाताले ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट पाउने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।

उनका अनुसार कोभिड– १९ बाट अत्याधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पु¥याइएको छ।

कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५÷०७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस्