Saturday, June 12

ह्वात्तै घटे संक्रमित, झण्डै ११ हजारको परिक्षण गर्दा आइतवार संक्रमित हुनेको संख्या यस्तो छ

May 30, 2021 249

काठमाण्डौ । पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको छ । संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको पछिल्ला दिनको तथ्याकंले देखाएको छ । गएको २४ घण्टामा देशभर चार हजार तीन सय ६९ जनामा कोरोना पुष्टि भएको छ ।

१० हजार नौ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार सात सय दुई र ६ सय ६७ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही दिनयता परीक्षणको मात्रा पनि घटाइएको छ । एकै दिन झन्डै २० हजारसम्मको नमुना परीक्षण हुने गरेकोमा अहिले त्यसको आधा १० हजार हाराहारीमा परीक्षण हुँदै आएको छ ।

आज थपिएकामध्ये काठमाण्डौ उपत्यकामा एक हजार ९३ जना रहेका छन् । काठमाण्डौमा आठ सय चार जना, भक्तपुरमा एक सय १३ जना र ललितपुरमा एक सय ७६ जनामा पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार दुई सय पाँच जना रोग मुक्त भएका छन् । अहिले निको हुने दर ७९ दशमल २ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर एक सय नौ जनाको कोरोनाका कारण ज्यान गएको छ ।काठमाण्डौ । पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको छ । संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको पछिल्ला दिनको तथ्याकंले देखाएको छ । गएको २४ घण्टामा देशभर चार हजार तीन सय ६९ जनामा कोरोना पुष्टि भएको छ ।

१० हजार नौ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार सात सय दुई र ६ सय ६७ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही दिनयता परीक्षणको मात्रा पनि घटाइएको छ । एकै दिन झन्डै २० हजारसम्मको नमुना परीक्षण हुने गरेकोमा अहिले त्यसको आधा १० हजार हाराहारीमा परीक्षण हुँदै आएको छ ।

आज थपिएकामध्ये काठमाण्डौ उपत्यकामा एक हजार ९३ जना रहेका छन् । काठमाण्डौमा आठ सय चार जना, भक्तपुरमा एक सय १३ जना र ललितपुरमा एक सय ७६ जनामा पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार दुई सय पाँच जना रोग मुक्त भएका छन् । अहिले निको हुने दर ७९ दशमल २ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर एक सय नौ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्