Saturday, June 12

काठमाडौंको रोडमा १७ दिनदेखि सित्तैमा सयौंलाई खाने खुवाउने को हुन् ? शिशिर भण्डारी पुगेर एक दिन खुवाउन सहयोग गरे (भिडियो हेर्नुस)

May 30, 2021 78

काठमाडौंको बालाजुको गँगा हलको आँगनमा दैनिक साँझ ५:३० पछि मजदुरी गर्नेहरु, घरमा चुलो नबलेकाहरु र बिभिन्न कारणले भोको रहेका सयौं भेला हुन्छन् । गएको १९ दिनदेखि केहि युवा साथीहरु मिलेर दिनमा ४०० देखि ५०० भोकाहरुको पेट भरिरहेका छन् । ‘नेपाल युट्युब पत्रकार संघ’का साथीहरुको यो सम्मानजनक काममा धेरैले साथ र सहयोग गरिरहेका छन् । यो सँकटको समयमा धेरै भोकै रहेको देखेपछि सँघले यो कदम चालेको हो । गँगा हालको आँगनमा दैनिक सयौं जना भोक मेटेर जान्छन् भने त्यसपछि युट्युब पत्रकार सँघका साथीहरु गाडीमा खानाको प्याकेट लिएर काठमाडौं चाहर्छन् ।

कोभिड १९ ले देशभर सङ्कट उत्पन्न गराए सँगै मजदुर वर्ग , बालबालिका तथा काम गरी खाने मानिसहरूलाई यति बेला निकै समस्या भएकाले सङ्घले एक छाक भए पनि सडकमा खाना बाँड्न थालेको हो। करिब दैनिक २०० को हाराहारीमा मानिसहरू त्यहाँ खानाको निम्ति आउने गरेका छन्। विभिन्न व्यक्तिहरूलाई खाना खुवाउन सुरु गर्दै पत्रकार धमलाले जस्तो सुकै अवस्थामा पनि आफू सहयोग गर्न तयार रहेको र राज्यका हरेक नागरिकको समस्या मा सबैलाई साथ दिन सबैलाई अपिल समेत गरेका छन्। यसैबिच सँघको यो काममा हातेमालो गर्न शिशिर भण्डारी पुगे र एकदिनको खाना खुवाउन लाग्ने रकम बराबर १० हजार सहयोग गरेर आए । भिडियो हेर्नुस

काठमाडौ । पछिल्लो तथ्याकंले संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको एक महिनामा अब महामारी विस्तारै घट्दै गएको देखिएको छ । करिब एक महिना अघि लागू गरेको निषेधाज्ञा अब जेठ २० गतेसम्मका लागि जारी छ ।

महामारीको चेन ब्रेक गर्नका लागि निषेधाज्ञा लागू गरिएको हो । यो पूर्ण रुपमा कहिले हट्छ त्यसवारे केही जानकारी छैन । तर सकारात्मक संकेत देखिएसंगै अब निषेधाज्ञा पनि सहज बनाउँदै जाने विषयमा सरोकारवालाबीच छलफल थालिएको छ ।

समयमै निषेधाज्ञा गरेका कारण उपत्यकामा ठूलो क्षति रोकिएको प्रमुख जिल्ला अधिकारीहरुको निष्कर्ष छ । एक साताअघिसम्म उपत्यकामा संक्रमित हुनेको दर औसतमा तीन हजार बढी दैनिक थियो । अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ । नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली बताउँछन् ।

तर, अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअहरु सहमत भएको उनले बताएका छन् । जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।

प्रतिकृया दिनुहोस्