Sunday, September 26

थाइल्यान्डबाट राजपरिवारले पठाएकाे स्वास्थ्य सामग्री आइपुग्यो काठमाडौँ

May 30, 2021 345

काठमाडौँ । को’रो ना सं’क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाललाई सहयोगको रुपमा थाइल्यान्डबाट पठाइएको स्वास्थ्य सामग्री आज आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार थाइल्यान्डको राजपरिवारले दिएको स्वास्थ्य सामग्रीहरु थाइ एयर फोर्सको जहाजमार्फत काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सामग्रीहरु नेपालका लागि थाइ राजदूत भोषिता भोरासाफले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रम बीच स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।नेपाललाई सहयोगमा आएको स्वास्थ्य सामग्रीहरुमा १० लाख थान सर्जिकल मास्क, व्यक्तिगत सुरक्षा साधन (पीपीई) गाउन ११ हजार ५२० थान,

पीपीईको लेग कभर १० हजार जोर, पीपीई सर्जिकल क्याप १० हजार थान, फेसशिल्ड पाँचहजार, र्‍यापिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थ’र्मोमिटर एकहजार ५०० थान, अक्सिजन नाजल ३० थान, अक्सि जन कन्सन्ट्रेटर आठ थान लगायत सामाग्रीहरु छन् ।
काठमाडौ । पछिल्लो तथ्याकंले संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको एक महिनामा अब महामारी विस्तारै घट्दै गएको देखिएको छ । करिब एक महिना अघि लागू गरेको निषेधाज्ञा अब जेठ २० गतेसम्मका लागि जारी छ ।
महामारीको चेन ब्रेक गर्नका लागि निषेधाज्ञा लागू गरिएको हो । यो पूर्ण रुपमा कहिले हट्छ त्यसवारे केही जानकारी छैन । तर सकारात्मक संकेत देखिएसंगै अब निषेधाज्ञा पनि सहज बनाउँदै जाने विषयमा सरोकारवालाबीच छलफल थालिएको छ ।

समयमै निषेधाज्ञा गरेका कारण उपत्यकामा ठूलो क्षति रोकिएको प्रमुख जिल्ला अधिकारीहरुको निष्कर्ष छ । एक साताअघिसम्म उपत्यकामा संक्रमित हुनेको दर औसतमा तीन हजार बढी दैनिक थियो । अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ । नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली बताउँछन् ।

तर, अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअहरु सहमत भएको उनले बताएका छन् । जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।

प्रतिकृया दिनुहोस्