Wednesday, June 16

असोजमा विवाह गरेकी महिलाले जब कोरोनाबाट श्रीमानको मृत्यु भएको खबर सुनिन्

May 30, 2021 139

१६ जेठ, काठमाडौं । बाजुराकी बेपत्ता भएकी भनिएकी एक महिला मृत फेला परेकी छिन्। जिल्लाको छेडेदह गाउँपालिका -७ की सरिता रावत आफ्ना श्रीमान सुरेश कठायतको मृत्युको खबर सुनेपछि बेपत्ता भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कोरोना भाइरस संक्रमित उनका श्रीमानको यही जेठ २ गतेबाट डडेल्धुरा अस्पतालमा उपचार भइरहेको थियो।

शनिबार सुरेशको मृत्यु भएको थाहा पाएपछि सरिता बेपत्ता भएकी थिइन्। बिहानैदेखि बेपत्ता सरिताको खोजी गर्दा साँझ आ-त्म-ह-त्या गरेको अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। उनी डडेल्धुराको अमरगढी नगरपालिका ५ स्थित सुगरखाल वनमा रुखमा झु-ण्डि-ए-को अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए।

सो वन अस्पतालबाट डेढ सय मिटर भित्र पर्ने बताइएको छ। महिलाको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

स्थानियका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए। सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए ।मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।

चार हजार ३६९ थपिए, छ हजार २०५ कोरोनामुक्त, १०९ को मृत्यु नेपालमा कोरोनाभाइरसका चार हजार ३६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५७ हजार ७९१ पुगेको छ । हाल एक लाख आठ हजार ८९७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । जसमध्ये एक लाख एक हजार ३३४ होम आइसोलेशनमा र सात हजार ५३६ संस्थागत् आइसोलेशनमा छन् ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार २०५ जना कोरोनामुक्त भएका छन् । हाल ७६३ जना क्वारेन्टिनमा छन् ।मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १०९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सात हजार २७२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्