Wednesday, June 23

अमेरिकाबाट रमेश उप्रेती र जल शाहको सहयोग

May 30, 2021 253

अभिनेता रमेश उप्रेतीले चलचित्र प्राविधिकका लागि आर्थिक सहयोग गरेका छन् । लकडाउनमा दैनिकी गुर्जान समस्यामा रहेका प्राविधिकलाई रमेशले पच्चीस हजार रुपैयाँ प्रदान गरेका हुन् ।

हाल अमेरिकामा रहेका अभिनेता उप्रेतीले चलचित्र प्राविधिकका लागि उक्त रकम प्रदान गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले आफ्नो फेसबुक मार्फत जानकारी गराएका हुन् । एक महिनादेखिको लकडाउनका कारण मारमा रहेका चलचित्र प्राविधिकलाई थुप्रै फिल्मकर्मीले नगद एंव राहत सामाग्री प्रदान गर्दै आइरहेका छन् ।

यस्तै निर्देशक सुरेश दर्पण पोखरेलको अगुवाइमा अमेरिकामा सञ्चालित अक्सिजन फर् नेपाल क्याम्पियनमा अभिनेत्री जल शाह र कलाकार शुशांक मैनालीले आर्थिक सहयोग गरेका छन् । निर्देशक पोखरेलका अनुसार जल र शुशांकले क्रमशः ८५ हजार पाँच सय उक्त अभियानमा हस्तान्तरण गरेका छन् ।आजबाट घरभन्दा बाहिर निस्कँदै हुनुहुन्छ भने यो सुचना एकपटक पढेर मात्रै निस्किनुहोला ! पत्रपत्रिका – जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ।मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो।

निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आजबाट घरभन्दा बाहिर निस्कँदै हुनुहुन्छ भने यो सुचना एकपटक पढेर मात्रै निस्किनुहोला ! पत्रपत्रिका – जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ।मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो।

निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्