Saturday, May 8

बरिष्ठ मुटुरोग विशेषज्ञ डा लब जोशीको निधन

December 9, 2020 176

काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. लब नरसिंह जोशीको निधन भएको छ ।नेपाल मेडिसिटि अस्पतालमा एक हप्तादेखि उपचाररत डा. जोशीको आज राती ९ बजे निधन भएको अस्पतालका महाप्रवन्धक विजय रिमालले हेल्थपाटीलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार डा. जोशीलाई ब्लड क्यान्सर भएको थियो । डा. जोशी मेडिसिटि अस्पतालको कार्डियो विभाग प्रमुखसमेत हुनुहुन्थ्यो तर उहाँले केही दिन अगाडि मात्रै राजीनामा दिनुभएको रिमालले बताउनुभयो ।

डा.जोशीले मंसिर ९ गते आफ्नो फेसबुक मार्फत आफुले मेडिसिटि छोडेको र स्टार अस्पतालबाट आफ्नो नियमित सेवा प्रवाह गर्ने जानकारी गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्