Wednesday, June 16

देशका धेरै ठाउँमा बादल, केही भूभागमा ठूलो पानी पर्ने

May 31, 2021 106

काठमाण्डाै – आज देशका धेरैजसो ठाउँमा बादल लागेर एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्ली भइ प्रदेश-१ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

तर निरन्तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले प्रदेश-१ का धेरैजसो ठाउँमा बादल लागेको छ भने प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ। बाँकी ठाउँमा सामान्य बादल लागेको छ । आउँदो तीन दिनसम्म नै मौसम बद्ली रहने मौसमविद् शाक्यले बताउनुभयो । आज राति देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी र पर्ने र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि (मंगलबार) पनि दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। राती प्रदेश १ र बाँकि पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदलि रहि मेघगर्जन / चट्याङ्ग सहित प्रदेश १ का थोरै र बाँकि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ।काठमाण्डाै – आज देशका धेरैजसो ठाउँमा बादल लागेर एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्ली भइ प्रदेश-१ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

तर निरन्तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले प्रदेश-१ का धेरैजसो ठाउँमा बादल लागेको छ भने प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ। बाँकी ठाउँमा सामान्य बादल लागेको छ । आउँदो तीन दिनसम्म नै मौसम बद्ली रहने मौसमविद् शाक्यले बताउनुभयो । आज राति देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी र पर्ने र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि (मंगलबार) पनि दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। राती प्रदेश १ र बाँकि पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदलि रहि मेघगर्जन / चट्याङ्ग सहित प्रदेश १ का थोरै र बाँकि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्