Thursday, April 22

कांग्रेस प्रवक्ता शर्माले जब नबविवाहित रमेशको जोडीलाई भेटेर यस्तो भने, नन्दा भइन् दंग

December 9, 2020 162

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रखर वक्ता एवं गायक रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहलाई भेटेर वैवाहिक जीवनको बधाई एवं शुभकामना दिएका छन्। उनीहरूबीच मंगलबार इटहरीमा विवाह भएको हो। त्यहीँ पुगेर कांग्रेस प्रवक्ता शर्माले बधाई तथा शुभकामना दिएका हुन्। यो कुरा शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।

कांग्रेस नेता आफुहरुलाई शुभकामना दिन पुगेपछि नवविवाहित जोडी पनि दंग परेका थिए । उनीहरुले नेता प्रकाशसंग खुसी ब्यक्त गरेका थिए ।

शर्माले फेसवुकमा लेखेका छन्, कर्णाली कालिकोटकि चेलिलाई आज स्वागत गर्‍यौं कांकरभिट्टामा । प्रखर युवा रमेश प्रसाईं र सेवाभावको हृदय बोकेकी नन्दा सिंलाई खुशी दाम्पत्य जीवनका लागि हार्दिक बधाई र करोडौं शुभकामना १

मंसिर २२ गते रमेश र नन्दाको लगनगाँठो कसिएको हो । रमेशले विवाहको घोषणा गरेसंगै उनीहरुका बारेमा चर्चा सुरु भएको थियो । रमेशले आफ्नी ३ वर्षदेखिको प्रेमीका नन्दालाई सधैं भरिकालागी आफ्नो जीवन संगीनी बनाएका छन् । रमेशको बिहेमा देशका ठूला र दिग्गज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्