Saturday, June 19

संक्रमित रहेका माओवादी नेताको निधन

May 31, 2021 466

काठमाडौ । संक्रमित भएका नेकपा (माओवादी केन्द्र) सर्लाहीका नेता रामचन्द्र कुशवाहाको निधन भएको छ । उनी संक्रमित भएपछि उपचारार्थ शिक्षण अस्पताल भर्ना भएका थिए । उनको टिचिङ अस्पताल, काठमाडौंमा निधनमा निधन भएको हो । सर्लाहीको हरिवन नगरपालिका–३ डाबरीबजार घर भएका ४१ वर्षीय कुशवाहाको गए राति उपचारको क्रममा निधन भएको सो पार्टीले जनाएको छ ।

माओवादी केन्द्र सर्लाहीका जिल्ला समिति सदस्य रहेका कुशवाहा पशु स्वास्थ्यकर्मी समेत थिए । उनी विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक काममा क्रियाशील थिए । दुई साताअघि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारको लागि स्थानिय स्वास्थ्य कार्यालय हुँदै काठमाडौ आइपुगेका हुन् ।

सुरुमा चितवन पुगेका उनी त्यहाँ पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि परिवारका सदस्यले काठमाडौको केएमसी अस्पतालमा भर्ना गरे । त्यहाँवाट पनि टिचिङ अस्पताल लगिएको थियो । टिचिङमा पु¥याएपछि उनको स्वास्थ्य थप जटिल बनेको थियो। एक सातादेखि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा गएराती निधन भएको हो ।
कुशवाहाका आमाबुवा, पत्नी, दुई छोरा र एक छोरी छन् । उनको शव सर्लाही ल्याउन नेपाली सेनासँग समन्वय भइरहेको बुढाथोकीले बताए ।

उनको विवाह भएको ८ वर्ष भयो । उनलाई विवाह गर्ने मन पनि थिएन । जो संग विवाह भयो उनको पहिला नै विवाह भइसकेको रहेछ । सानो छोराले मलाई केही खान मन लागेको छ बुवा पैसा दिनुन भन्दा पनि बुवाको छोरा प्रति मन पलाएन । यस्तो श्रीमानसंग म बस्न सक्दिन म कमाएर तिर्छु बरु भनेर समाजकै अगाडी ब्याजमा २ लाख रुपैया लिएर घर छोडेर हिडेको बताइन् ।

नवलपुरकी सुनिता धिमालको श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । उनले सुरुमा विक्रमले राम्रै ब्यवहार गरे । तर पछि पैसा पठाउन पनि छोडे । उनको मागी विवाह भएको थियो । उनले विवाह गर्नु अघि केटाको अनुहार पनि देखेकी थिइनन् । चुरोट र क्सी खाने वानी थियो । गाँ जा पनि खाने रहेछन् । त्यो कुरा मलाई थाहा थिएन । तर पछि यस्तो कुरा थाहा पाएँ । विवाह भएर घर गए लगत्तै उनले या त ना दिन थाले ।

म ९ मा पढ्दै थिए । केटा देखाउन ल्याए । मलाइ विवाह गर्न मन थिएन । तर केटा ल्याउने मान्छे र वुवा आमाले मलाई त्यसैसंग विवाह गर्न द’वाव दिए । माग्न आएकै दिन भाका राखेर टिका लगाएर पठाइदिए । टिका लगाएर गएको केही दिन पछि लिन आए अनि मलाई मन नलागी नलागी पठाइदिए । म विवाह गरेर गएपछि अर्को कुरा थाहा भयो श्रीमानले मलाई विवाह गर्नु अघि दुईवटा विवाह गरिसकेका रहेछन् ।

उनीहरुको उमेर एउटै छ । दिन र महिना पनि एउटै छ । २५ वर्षको उनले तेस्रो विवाह गरेका थिए । तर त्यो कुरा उनले विवाह गरेर घर गएपछि थाहा पाएको बताइन् । आमा सानोमा बितेका रहेछन् । श्रीमानले पनि पढेका छैनन् । केटा १३ महिनाको हुँदा नै आमा वितेका कारण उनले पढ्न पाएनन् । तर उनले तेस्रो श्रीमतीलाई पनि या त ना दिएका कारण श्रीमतीले उनको नामको सिन्दुर पनि लगाउन छा्डिन्

काठमाडौ । संक्रमित भएर उपचारार्थ रहेकी गायिका लासिमित राईको निधन भएको छ । संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत उनको निधनवारे सार्वजनिक गरेका छन् । राईको श्रीमानको पनि केही समय अघि मात्र निधन भएको थियो ।‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पीडाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् ‘केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ । त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो ।’

गायक अशोक मुकारुङले गायिका राईको निधन को रो नाका कारण भएको बताएका छन् । ‘नआउ सपना भरी’, ‘तिमीले दिएका वेदना’, ‘टुटेका मन’, ‘सधैँ भरी’, ‘कहिले हराउँदै’, ‘म मैना सरी’, ‘सुन कोशीको सङ्लो पानी’, ‘झारेको आँशु’, ‘तिम्रो माया’, ‘साउने भेलले’लगायतका गीतहरु गायिका लासिमितका लोकप्रिय छन् । यी बाहेक उनका थुप्र गीत सांगीतिक बजारमा आएका छन् ।

गायक अशोक मुकारुङले सोसल मिडिया फेसबुकमार्फत् गायिका राईको कोरोनाका कारण निधन भएको जानकारी गराएका हुन् ।गायक मुकारुङले गायिका राईको निधनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै लेखेका छन्, ‘एउटा विशाल आवाजको अन्त्य बहुचर्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धाञ्जलि, हजुरको बैकुन्ठमा बास होस् ।’गायिका राईको नआउ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन, सधैँ भरी, कहिले हराउँदै, म मैनासरी, सुन कोशीको साङ्लो पानी, झारेको आँशु, तिम्रो माया, साउने भेलले’लगायतका गीतहरुपनि चर्चित छन् ।

प्रतिकृया दिनुहोस्