Thursday, May 6

कोरोनाबाट संक्रमित डा.केसीको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीको घोषणा

November 14, 2020 236

काठमाडौं – प्राध्यापक डा.गाेविन्द केसी नेपाली चिकित्सा क्षेत्र सुधारका अभियन्ता हुन् । पटक-पटक चिकित्सा क्षेत्रको सुधार गर्न भनी उनी अनसन बसे । उनी एक अर्थोपेडिक सर्जन हुन् ।

२६ वर्षसम्म त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् विशेषज्ञका रूपमा काम गरेका उनले गत बर्ष अवकास पाएका थिए । बेलाबेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रकाे दुरावस्था, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडिकल कलेज खोल्न माग गर्दै आएका उनी धेरै पटकसम्म अनसन बसेका थिए ।

सरकारले अनसन तोडाउन पटक-पटक उनीसँग सम्झौतासमेत गर्‍याे । तर, अझै उनका माग पूरा भएकाे छैनन् । अहिले संसार कोरोना भाइरस (कोभिड-१९)सँग लडिरहेको छ । नेपाल पनि कोरोनाबाट अछुतो रहन सकेको छैन । त्यसमाथि डाक्टर केसीलाइ पनि कोरोना संक्रमण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराएका छन् ।

डा.केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराएका थिए । शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको छ । उनको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्