Sunday, April 11

श्वेताको बिहेको कुरा पनि पछि मात्र थाहा भयो हामीलाई

December 10, 2020 176

नायिका श्वेता खड्काको आज भव्य तरिकाले विवाह हुँदैछ । गोकर्ण रिसोर्टमा उनको विवाह भइरहेको छ । दोस्रो विवाह गर्न लागेकी श्वेताको दुलाहा धनगढीका विजयेन्द्र रावत हुन् । उनको परिवार धनगढीमा धनाढ्यमा गनिन्छ ।

विवाहस्थल गोकर्ण रिसोर्ट नै रिजर्भ गरेर श्वेताको विवाह भइरहेको छ । त्यहाँ दुलहा र दुलही पक्षले राखेका क्यामराम्यानबाहेकलाई अरुलाई भने तस्बिर खिच्न पनि बन्देज लगाइएको छ ।दुलाहा रावत श्वेताभन्दा उमेरले कान्छा छन् । विजयेन्द्रकी आमाको उच्च राजनीतिक नेताहरूसंग नजिकको सम्बन्ध छ

यसपटक श्वेता र विजेन्द्रको विवाहमा करोड खर्चको आँकलन गरिएको छ । विवाहस्थल गोकर्ण रिसोर्ट नेपालको महङ्गो मध्येको हो । कोरोना भाइरसको कहरबीच श्वेताले महङ्गो विवाह गर्न लागेपछि चलचित्र क्षेत्रमा नै तरंग आएको छ ।

श्वेताले यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर, श्रीकृष्णको विवाहलगत्तै निधन भएपछि श्वेता विगत छ वर्षयता एकल महिलाका रुपमा चिनिन्थिन् । तर, उनले विजयेन्द्रसँग केही वर्षयता प्रेमसम्बन्ध राख्दै आएको खुलेको छ ।श्वेताको विवाहबारे श्रीकृष्णको परिवार भने पछि मात्र जानकार भए । विश्वस्त स्रोतका अनुसार उनीहरु श्वेतासँग खुशी छैनन् sourcekavrepati.com

प्रतिकृया दिनुहोस्