Sunday, September 26

यूएईले विशेष विमान मार्फत १ सय ५० भेन्टिलेटर सहित स्वास्थ्य सामाग्री नेपाल पठाउने

June 1, 2021 281

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) ले को’रो ना भा’इरस वि’रुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । यूएईले १ सय ५० भेन्टिलेटर सहित झण्डै १० टन स्वास्थ्य सामाग्री विशेष विमानमार्फत नेपाल पठाउन लागेको हो । यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासका अनुसार यूएई सरकारले यी स्वास्थ्य सामग्री आउँदो बुधबार बिहान यूएईको आफ्नै विशेष विमान मार्फत नेपाल पठाउन लागेको हो ।

यूएईले गर्न लागेको यो सहयोग खाडीको देशबाट सरकारी तवरमा गर्न लागेको पहिलो सहयोग हो । नेपाल सरकारको परराष्ट्र मन्त्रालय तथा यूएईमा रहेको नेपाली दूतावास मार्फत कुटनीतिक रुपमा गरिएको सहयोगको अनु’रोधलाई यूएईले सकारात्मक रूपमा लिँदै सहयोग गर्न लागेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसैबीच परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालय तथा यूएईको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र आबुधाबी ग्लोबल मार्केट(एडीजीएम)का अध्यक्ष अहमद बिन अलि स्याघबीच आइतबार भर्चुअल बैठक भएको थियो। बैठ कमा नेपालका परराष्ट्र सचिव भरतराज पौडेलसहित यूएईका उच्च अधिकारीहरूको सहभागिता थियो ।

बैठकमा कोभिड–१९ महामारीविरुद्ध नेपाल र यूएईबीच सहकार्य गर्ने लगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ । बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले को’रो ना म’हामारीको समयमा यूएईमा रहेको नेपाली समुदाय तथा नेपाली नागरिकलाई यूएईले गरेको सहयोगको प्र’शंसा समेत गर्नु भएको थियो । यूएईले गएको वर्ष पनि नेपाललाई को’रो ना स’ङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्य कर्मी तथा बि’रामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । उज्यालो अनलाईनबाट

प्रतिकृया दिनुहोस्