Saturday, April 10

विश्वभर म्यासेन्जरमा समस्या देखियो

December 10, 2020 196

काठमाडौं–फेसबुक मेसेन्जरमा समस्या आउँदा विश्वभरका लाखौं प्रयोगकर्ताहरु सेवा लिनबाट बञ्चित भएका छन् ।विहीबार विश्वभरका लाखौँ प्रयोगकर्ताले च्याट एपमा समस्याको सामना गरेका हुन् ।

अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार नेपाल सहितका विभिन्न देशका दशौं हजार फेसबुक प्रयोगकर्ताले मिनेटैपिच्छे म्यासेञ्जरमा पहुँच पाउन सकिरहेका छैनन् ।

यस किसिमको समस्या वेबका साथै मोबाइल एपमा समेत देखिएको छ । डाउन डिटेक्टरका अनुसार हरेक मिनेट २४०० प्रयोगकर्ताले म्यासेञ्जर लगइन गर्न, म्यासेज पठाउन र कल रिसिभ गर्न सकिरहेका छैनन् ।

यस्तो समस्या नेपालमा मात्र नभएर युरोपका प्रयोगकर्ताले समेत सामना गरिरहेको जनाइएको छ ।डाउन डिटेक्टरको म्यापमा म्यासेञ्जर डाउनको समस्या बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका देशमा देखिएको छ ।

अहिलेसम्म के कारणले यस किसिमको समस्या देखा परेको हो र कति समयमा समाधान हुन्छ भन्ने विषय स्पष्ट भइसकेको छैन ।म्यासेञ्जर मात्र नभएर फेसबुककै अर्को एप इन्स्टाग्राम समेत डाउन भएको उल्लेख गर्दै केही प्रयोगकर्ताले रिपोर्ट गरिरहेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्