Friday, April 23

राज्य संचालन गर्नेहरु एकरात सडकमा सु’तुन र भोकै बसुन, अनि थाहा हुन्छ भो’क र पि’डाको वास्तविक कथा

December 10, 2020 232

बुटवल । बीबीसीकोे बिश्वका १ सय प्रभावशाली महिलाको स्थान प्राप्त गर्न सफल किशोरी सपना रोका मगरले नेपालका राज्य संचालकहरुले चिसो भुंई र भोको पेटको अनुभव लिन नसकेको आरोप लगाएकी छिन् ।म्याग्दीमा जन्मेपनि बुटवलबाट संघर्षको यात्रा तय गरेकी रोका बीबीसीको छनौटमा परेपछि पहिलो पटक बुटवल पुग्ने क्रममा उनले राज्यसंग सहि तथ्यांक नभएको कारण बिश्व समुदायमा राज्य ल’ज्जित हुनु परेको बताईन् । राज्यले बे’वारिसे श’व नभएको र नेपालमा सडकमा बे’वारिसे नागरिक नभएको दा’बी गरिरहंदा बे’वारिसे श’वकै ब्यवस्थापन गर्ने आफुलाई छनौट गरेर राज्यको भनाईलाई बीबीसीले गलत प्र’माणित गरिदिएको रोकाको भनाई छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

‘राज्यले नेपालमा बे’वारिसे श’व छैन, बे’वारिसे मान्छे सडकमा छैन भनेको बेला बे’वारिसे श’व ज’लाउने मान्छेलाई बीबीसीले छनौट गर्दा राज्यको ला’ज भयो नी त ।’ उनले भनिन् ।कोरोना क’हरका बेला रातदिन खटेका सामाजिक अ’भियन्ताहरुलाई समेत राज्यले चिन्न नसकेको बताउंदै रोकाले छाती फु’लाएर भा’षण गरेर मात्र जो’खिममा काम गर्नेहरुको सम्मान नहुने स्पष्ट पारिन् । राज्यमा बसेका ब्यक्तिहरु कहिले पनि सडकमा एक रात नबिताएको र भोक के हो भन्ने थाहा नभएको आरोप लगाउंदै उनले भोक केहो र पि’डा के हो भन्ने थाहा पाउन एक रात सडकमा रात बिताउन र भोकै बस्न राजनीतिक व्यक्तिहरुलाई आग्रह गरिन् ।

उनले भनिन्, – ‘जुन दिन राज्य संचालनमा रहेका व्यक्तिहरु खुल्ला आकाश मुनी सडकमा भोकै बस्नु हुने छ, त्यस दिन मात्र उहाँहरुले भोक र गरिबीको पि’डा बुझ्नु हुने छ ।’सामाजिक काम गर्न कुनै स्थान वा प’द नचाहिने बताउंदै सपनाले जहाँ बसेपनि सामाजिक काम गर्न सक्ने बताईन् । उनले सबै भन्दा पहिला आफैलाई माया गर्ने र आफैलाई हिरो सम्झन सक्नु पर्ने उल्लेख गर्दै उनले समाजसेवी भन्दैमा समाजिक व्यतित्व बन्न नसक्ने बताईन् ।सम्मान पाईयो भनेर मातिन्ने काम गर्न नहुने कुरामा आफु सचेत भएको रोकाले भनिन् ।

उनले बीबीसीले आफुलाई प्रभावशाली महिलाका रुपमा छनौट गरेपनि आफुले बे’वारिसे श’व ब्यवस्थापन गर्ने काम नछाडेको जानकारी दिंदै बुटवल आउने क्रममा समेत चितवनको एउटा श’व ब्यवस्थापन गरेर बुटवल आईपुगेको रोकाले स्मरण गरिन् ।म्याग्दीको मङ्गला गाँउपालिकामा जन्मेकी सपनाले २०७३ सालमा एसईई परीक्षा उतिर्ण गरेसङ्गै उनको बिकराल यात्रा सुरु भएको थियो । बैंशको आवेगमा बुटवलका एकजना केटासंग भागी बिबाह गरेकी सपनाको बुटवलबाटै सं’घर्षको यात्रा सुरु भएको थियो । बेनीबाट भगाएर बुटवल पु-याएपनि बुटवलमा ल्याएर अ’लपत्र पारेपछि बुटवलका सडकहरुमा कैयौं दिन सडकमा सु’तेको सपनाले स्मरण गरिन् ।

प्रतिकृया दिनुहोस्