Saturday, June 19

काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्दै, खाद्य पसल खोल्ने तयारी

June 1, 2021 193

काठमाडौं। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक मंगलबार बस्दैछ। काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ ।

उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ । सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ । जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ । बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ । निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।

दिउँसो ३ बजे बैठक बस्न लागिएको काठमाडौंका सिडिओ पराजुलीले बताए । काठमाडौँ उपत्यकामा को’भिड-१९ सं’क्रमण फैलन नदिन लगाइएको निषेधाज्ञा जेठ २० गते सकिँदैछ। काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सं’क्रमणको चेन ब्रेक रोक्न निषेधाज्ञा जारी गरेका छन्। जनजीवन कष्टकर बन्दै गएकाले २० गतेपछि निषेधाज्ञा खुकुलो पार्दै लैजाने तयारी गरिएको छ।काठमाडौं। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक मंगलबार बस्दैछ। काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ ।

उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ । सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ । जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ । बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ । निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।

दिउँसो ३ बजे बैठक बस्न लागिएको काठमाडौंका सिडिओ पराजुलीले बताए । काठमाडौँ उपत्यकामा को’भिड-१९ सं’क्रमण फैलन नदिन लगाइएको निषेधाज्ञा जेठ २० गते सकिँदैछ। काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सं’क्रमणको चेन ब्रेक रोक्न निषेधाज्ञा जारी गरेका छन्। जनजीवन कष्टकर बन्दै गएकाले २० गतेपछि निषेधाज्ञा खुकुलो पार्दै लैजाने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्