Friday, April 16

गाउँपालिकाका अध्यक्षले नै यि सुन्दरी उपाध्यक्षबिच आज विबाह गर्दै

December 11, 2020 187

काठमाडौँ । कास्कीका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष र मुस्ताङकी घरपजोङ गाउँपालिकाकी उपाध्यक्षबीच विबाह हुने भएको छ । अध्यक्ष कर्णबहादुर गुरुङ र उपाध्यक्ष शर्मिला गुरुङबिच आज विवाह हुने भएको छ ।

उनीहरुले आज पोखराको एक गुम्बामा विबाह गर्न लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरुको मागी विबाह हो । वैबाहिक समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुगं रहने बताइएको छ ।

विवाह बन्धनमा बाँधिन लागेका अध्यक्ष र उपाध्यक्ष दुबै तत्कालिन नेकपा एमालेबाट निर्वाचित राजनीतिक ब्यक्ति भएका कारण नेकपाका धेरै कार्यकर्ता उपस्थित हुन सक्ने स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस्