Friday, April 16

कमानसिं लामा र नारायण काजीको विवाद बारे बाबुरामले मुख खोले

December 11, 2020 198

जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वसांसद एवं राजदुत कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भिर भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मृत्युशैय्यामा रहेको मान्छेले झुटो नबोल्ने बताउँदै तसर्थ मृत्युअघि लामाले लेखेका कुरा निकै मार्मिक रहेको बताए भट्टराइले जतिसुकै तर्क÷कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुनै नसक्ने बताए ।

उनले लेखेका छन्, “जीवनका अन्तिम क्षणमा स्व. कमानसिं लामाको मार्मिक उद्घोष! आदर्श र मूल्यमान्यताको राजनीति गर्नेहरू सबैले यसलाई गम्भीर ढंगले लिऊॅ! बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई सबैले चिनौं!
२०४८-५१ सालमा वहाॅ संयुक्त जनमोर्चाको सांसद र म सो वैधानिक पार्टी ( भूमिगत माओवादीको खुला मोर्चा ) को अध्यक्ष छॅदा वहाॅसंग निकट सहकार्य गर्ने अवसर मिलेको थियो।हार्दिक श्रद्धान्जली प्रिय मित्र कमानजी!”

प्रतिकृया दिनुहोस्