Saturday, July 2

नारायणघाट मुग्लिङ खण्डमा सुक्क पहिरोले गाडी पुर्यो (३ तस्विर सहित)

May 28, 2022 154

चितवन ।

नारायणगढ–मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५: ३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी एक जना घाइते भएका छन्। बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ। पहिरो पन्छाउने काम सुरू भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ।

ढुं’गा ला’गेर बैतडीमा एक महिलाको मृत्यु

बैतडीको सिगासमा ढुं’गा ला’गेर एक महिलाको ज्या’न गएको छ । जिल्लाको सिगास गाउँपालिका-१ सिराड बस्ने मैना धामीको बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले ज्या’न गएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले शुक्रबार साँझ वडा नम्बर १ को आफ्नो घरबाट वडा नम्बर ३ स्थित घरमा धान ल्याउनका लागि गइरहेका बेला बाटोमा माथिबाट खसेको ढुं’गा ला’गेर उनको घटनास्थलमै ज्या’न गएको हो ।

साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट खसेको ढुं’गाले मैनाको टा’उकोमा ला’गेको र घटनास्थलमै मृत्यु भएको जोशीले बताए । ती महिलाको शव पोष्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्