Friday, April 23

जिप दुर्घटना २ को मृत्यु ,१५ जना भन्दा बढी घाइते

December 11, 2020 162

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मृतकको नाम थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन्। अहिले घाइतेको उद्वार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ।

उनका अनुसार सो बलेरो जिप अनियन्त्रित भई सडक छेउमा रहेको विद्युतको खम्बामा ठोक्किएका थिए। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगी घटनाबारे थप जानकारी लिने काम भइरहेको प्रवक्ता थापाले बताए। रासस

प्रतिकृया दिनुहोस्