Wednesday, August 17

जहाज दुर्घटनामा परेकी एयर होस्टेज किश्मी थापाको टिकटक भिडियो भाइरल (भिडियो सहित)

May 30, 2022 7204

आइतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहा डमा ठो क्कि एर टु क्राटु क्रा भएको अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमको लागि आइतबार विहान ९ः५५ बजे उडे को विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरि एको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।विमानमा एयरहोस्टेज क्रि स्मी थापा पनि थिइन् । विमान हराएपछि थापाकी सहकर्मीहरु उनलाई सम्झिरहेकी छन् ।

सहकर्मीहरुका अनुसार एयरहोस्टेज थापा मिलनसार हुनुको साथै अनुशासित पनि थिइन् । तारा एयरका अनुसार उक्त विमा नमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहे कामध्ये धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ ।

धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको हो । जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गो ले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु

सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।

प्रतिकृया दिनुहोस्