Friday, April 23

कमानसिंह लामा परिवारको दाबी पैसा फिर्ता नपाउँदा उपचार नपाएर बुबाको निधन अडियो कुराकानी

December 11, 2020 149

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य, पूर्व सांसद एवं कोरियाका लागि राजदुत भएका कमानसिंह लामाको बिहीवार निधन भयो ।

कोरोना संक्रमण भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत अवस्थामै कोरोनाको कारण उनको निधन भएको थियो ।

लामाको निधनसँगै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग जोडिएको उनको आर्थिक कारोबारको विषय सार्वजनिक भएको छ ।
सार्वजनिक भएको भिडियोमा नेता श्रेष्ठले एउटा हाइड्रो कम्पनीमा सेयर, स्वामित्व, ऋणसहितका विषयमा कुराकानी गरेका छन् ।

लामाको परिवारले नारायणकाजीकी सचिवालय सदस्य सुसन कर्माचार्यबाट साढे दुई करोड रकम नउठेको भन्दै प्रधानमन्त्री केपी ओली, अध्यक्ष प्रचण्डदेखि नारायणकाजीसम्मलाई गुहारेका छन् ।
तर, नारायणकाजीले भिडियो संवादमा मध्यथताभन्दा आफैं कारोबारी जसरी प्रस्तुत भएका छन् ।

तर, दुई करोड रुपैयाँ पैसा नदिएको र त्यो पैसा नआउँदा मिर्गौंलाको रोगी रहेका लामाले उपचार गर्न नपाएको पारिवारको गुनासो छ ।
श्रेष्ठले सुसनबाट याे पैसा नदिँदा लामा मानसिक तनावबाट गुज्रिएको पारिवार बताउँछ ।
लामाकी बुहारी मिनु लामासँग नेपालवाचले गरेको कुराकानी

प्रतिकृया दिनुहोस्