Friday, April 23

पारस खड्कालाई कोरोना संक्रमण

December 11, 2020 222

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ ।
पारसले सामाजिक संजालबाट आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

सामान्य लक्षण देखिएपछि पछिल्लो दुई दिनदेखि घरमै अलग्गै बसेको बताउदै पारसले विहिबारदेखि स्वाद गुमाएको बताएका छन् ।

उनले शुक्रबार गरिएको पिसिआर टेस्टमा नतिजा पोजेटिभ आएको बताएका छन् ।

अहिले घरमै आइसोलेसनमा रहेका पारसले अहिले डाक्टरको निर्देशन अनुरुप आराम गरिरहेको बताएका छन् ।

कोरोना पोजेटिभ भएसँगै पारसले भोलिदेखि चितवनमा हुने गौतम बुद्ध कपमा भने खेल्न नपाउने भएका छन् । पारस नारायणी टिमको कप्तान समेत रहेका थिए ।

प्रतिकृया दिनुहोस्