Sunday, June 13

यसरि भयो पशुपति आर्यघाटमा उज्वलको अन्तिम संस्कार (केहि तस्विर सहित)

June 1, 2021 1324

विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको छ। वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाएका ४४ वर्षीय थापा सङ्क्रमित भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत थिए।

“विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्वसंयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, उज्वलबहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबीच रहनु भएन,” थापाको परिवार र शुभेच्छुकको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

अन्तिम पटकको परीक्षणमा नतिजा नेगेटिभ रहेको बताउँदै परिवारले थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा व्यक्त गरेको छ। थापाको परिवारले उनको अन्तिम संस्कारमा सहभागी नहुन आग्रह गरेको छ। अहिलेको संक्रामक रोगको समयमा थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएको भन्दै सम्भव भएसम्म सहभागी नभइदिन उनको परिवारले अनुरोध गरेको थियो।

पारिवारले भने अनुसार थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा भएको छ। विज्ञप्तिमा भनिएको छ: “युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ।” अन्तिम संस्कारका तस्विर तल हेर्नुहोसविवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको परिवारले जनाएको छ। वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाएका ४४ वर्षीय थापा सङ्क्रमित भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत थिए।

“विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्वसंयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, उज्वलबहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबीच रहनु भएन,” थापाको परिवार र शुभेच्छुकको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

अन्तिम पटकको कोरोनाभाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको बताउँदै परिवारले थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा व्यक्त गरेको छ।

नमस्ते ! मेरो नाम उज्वल हो। म नेपालको राजनितिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि चाहिने नेतृत्वहरु बनाँउदैछु। हाम्रो देशको लागि मेरो दुरदर्शिता यहाँ पढ्नुहोस् । धन्यवाद यो रहयो मरो छोटकरीमा कहानी। सारंशमा भन्नु पर्दा म एस्ट्रो-फिजिक्स (AstroPhysics) पढ्न अमेरिका गा को मान्छे, एक वेब साईट बनाउने डिजाईनर (कलाकार) भएर फर्के। जिन्दगी देखि वाक्क भएर भिक्षु बन्छु सोचेको थिएँ तर उद्दमी बन्न पुगेँ। अरु सँग टाढा एक्लै बस्न रुचाउने म, अहिले हजारौँलाई एउटै सामुहिक सन्जालमा ल्याउँदैमा व्यस्थ छु।

अहिले नेपालको यो गाह्रो परिष्थितिमा म नेपालीहरुलाई कसरी एक बनाई देशलाई संमृद्ध बनाउनको निमित्त राजनितिबाटै नेपालीहरुलाई निकास दिनुपर्छ भनेर “विवेकशील नेपाली ” नामक नविन राजनितिक शक्ति बनाउन कम्मर कसेको छु, सयौँ सक्षम युवा तथा अग्रज साथीहरु सँग मिलेर।

प्रतिकृया दिनुहोस्