काठमाडौं । उपचारका क्रममा निधन भएर घर लगिसकेपछि एक दुई महिने शिशुमा कोरोना पुष्टि भएको छ । झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएका दुई महिने शिशुमा कोरोना पुष्टि भएको छ।
आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो। घर लग्दा सम्म शिशुमा कोरोना भएको थाहा थिएन । ३ घण्टा पछि अस्पतालवाट कोरोनाको रिपोर्टवारे जानकारी आएपछि स्थानिय डराएका छन् ।
भद्रपुर नगरपालिका–८ का शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो। स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु अस्पताल प्रशासनले जनाएको छ।
परिवारजनले शव बुधवार दाहसंस्कार गर्ने तयारी गरेका थिए। तर, नगर स्वास्थ्य शाखाले शिशुको दा’ह’संस्कार लागि नेपाली सेनालाई जिम्मा लगाउन लागेको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए।
प्रतिकृया दिनुहोस्