Monday, September 27

देशभरका ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप २५ जेठबाट लगाइने

June 2, 2021 224

चीनबाट मंगलबार ल्याइएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप २५ जेठबाट ज्येष्ठ नागरिकलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी देशभरका ६० देखि ६४ वर्षसम्मका नागरिकलाई २५ जेठबाट लगाइने जनाएको छ।

यसका लागि आवश्यक कागजपत्र बोकेर नजिकको स्वास्थ्य संस्थामा जान मन्त्रालयले आग्रह गरेको छ। खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिश अनिवार्य रुपमा बोक्न पनि मन्त्रालयले सूचित गराएको छ।

यस पटक पहिलो डोज लगाउँदा दोस्रो डोजको मात्र पुग्ने गरी लगाइने भएको छ। चीनले अनुदानमा १० लाख डोज भेरोसेल खोप दिएको छ। त्यसमध्ये मंगलबार बेइजिङबाट आठ लाख डोज खोप ल्याइएको हो। त्यहि खोप ज्येष्ठ नागरिकलाई लगाउने तयारी गरिएको हो।

यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप दिएको थियो। त्यस्तै, चीन स्वशासित तिब्बत सरकारले पनि दुई लाख डोज खोप दिएको छ। तिब्बतले दिएको खोपमध्ये ५० हजार ४०० डोज खोप मंगलबार बिहान काठमाडौं पुगेको छ। बाँकी बुधबार ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वीरगन्ज : ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक सं’क्रमणबाट वीरगन्जमा तीन जनाको मृ,त्यु भएको छ । पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए। देशमै सुरुमा वीरगन्जमा देखापरेको ब्ल्याक फंगसबाट यहाँ ८ जनामा सं’क्रमण भेटिएको हो। ‘यसको उपचार नेपालमा सम्भव नै छैन।

त्यही भएर बिरामीलाई भारत पठाइदिएका हौं’, डा. सिंहले भने, ‘उहाँहरूको उपचार पटना र लखनउमा भइरहेको जानकारी छ।’ डा. सिंहले करिब एक महिना अघि वीरगन्ज कै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको बताए। ‘सम्भवतः नेपालमै ब्ल्याक फंगसको सं’क्रमण भेटिएको पहिलो केस नै त्यही हो’, उनले भने, ‘मैले सकेको उपचार त गरेँ।

तर, ती महिलालाई बचाउन सकिएन। त्यसपछि दोस्रो केस बारा घर भई उपचारका लागि वीरगन्ज आएका ५५ वर्षीय पुरुषमा पनि देखिएको थियो।’ ती ५५ वर्षीय पुरुषलाई काठमाडौं पठाइएको दोस्रो दिनमै जेठ ३ गते उनको मृ,त्यु भएको उनले बताए । भने, ‘आठ मध्ये दुई जनाको त ल्याबबाटै पुष्टि भएको छ। बाँकी ६ जनाको भने लक्षणका आधारमा क्लिनिकल्ली ब्ल्याक फंगसको सं’क्रमण भएको हाम्रो ठम्याइ छ।’

यस्तै, वीरगन्ज–१३ का ६७ वर्षीय पुरुषको वैशाख ३० गते नि’धन भएको थियो। वीरगन्जमा आठ जना बाहेक अहिले अरू कुनै पनि सं’क्रमित वा व्यक्तिमा ब्ल्याक फंगसको संक्रमण नदेखिएको उनले बताए। उनका अनुसार को’रो ना सं’क्रमित व्यक्तिमा को’रो ना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको सं’क्रमण देखापर्ने गरेको छ। वीरगन्जमा सं’क्रमण देखिएका आठै जना को’भिडबाट निको भइसकेकाहरूमा पाइएको उनको भनाइ छ।

उनले नेपाल र भारतमा को’रो ना संक्रमितमा देखा परिरहेको ब्ल्याक फंगस मानिसबाट मानिसमा सर्ने रोग भने नभएको बताए । भने, ‘अहिलेसम्मको रिसर्चमा ब्ल्याक फंगस हावा र माटोबाट सर्ने संक्रमण भएको पाइएको छ ।’ स्टेरोइड्स र एन्बिायोटिक औषधि सेवन गरेका तथा अक्सिजन लिएका अधिकांश को’रो ना सं’क्रमितमा ब्ल्याक फंगस बढी देखिने गरेको भन्नेतथ्य अहिलेसम्म पुष्टि नभएको उनले बताए। उनका अनुसार अहिलेसम्म को’रो ना संक्रमण भएपछि पानीको वाफ लिएकाहरूमै ब्ल्याक फंगसको सं’क्रमण बढी देखिएको छ। अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिकृया दिनुहोस्