Saturday, June 19

राजा बिरेन्द्रको त्यो जेठ १९ गते,कहालिलाग्दो ईतिहास,सबै नेपाली टुहुरो भएको दिन ( हेर्नुस् भिडियो )

June 2, 2021 133

२०५८ साल जेष्ठ १९ गते शुक्रबारको राति राजा बिरेन्द्र रानी ऐश्वर्य युवराज दिपेन्द्र अधिराजकुमारि श्रुति नवयुवराज युवराजन सहितका दस जनाको लागि कठोर का`ल बनेर निम्तिएको थियो ।घ`टनामा राजा बिरेन्द्रका कान्छा भाइ धिरेन्द्र शाह राजपरिवारका सदस्यहरु शान्ति ,श्रद्धा जयन्ती र श्रद्धाको पतिलाई गो`लि हानेर मा`रिएको थियो ।

राजा बिरेन्द्रको वंश नाश हुनेगरि मच्चाइएको दरबार ह`त्याकाण्डको उन्नाईस बर्ष पूरा भैसकेको छ ।उन्नाईस बर्षको यो दौरानमा अनेकौ सत्ताहरु शक्तिमा पुगे तर राजा बिरेन्द्रको वंश नासै हुनेगरि मच्चाइएको शो ह`त्याकाण्डको बास्तबिकता अहिलेसम्म पनि चित्तबुझ्दो तबरमा सार्वजनिक हुन सकेको छैन् ।
नेपालकै इतिहासमा कालो दिनको रुपमा स्थापित त्यो जेष्ठ १९ गतेको दिनलाई लिएर अझै पनि नेपाली मानसपटलमा शान्ति छाएको छैन् ।हुनत राजा बिरेन्द्र पछि सोतह उनकै भाइ ज्ञानेन्द्र राजा बने तर पत्यार लाग्ने गरि उनले पनि त्यो घ`टनाको छानबिन गर्न र गराउन सकेनन् ।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्यायको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन टोलिले प्रेम बियोगमा युवराज दिपेन्द्रबाट शो ह`त्याकाण्ड मच्चाइएको प्रतिवेदन त दियो तर उक्त प्रतिवेदनलाई अहिलेसम्म पनि मानिसले पत्याउन सकेका छैनन् ।

ज्ञानेन्द्र पश्चात् पनि शो कालखण्डमा दर्जनौ व्यक्ति प्रधानमन्त्री बनेर सत्ता समाले तर कसैले पनि त्यश ह`त्या काण्डको उचित छानबिन गराएनन् र गराउन पनि सकेनन् ।बिरेन्द्रको वंशनाश भएको नारायणहिटी दरबारको प्रांगणमा उभिएर सो ह`त्याकाण्डको उचित छानबिन गराउने प्रत्येक शासकले प्रतिज्ञा र आश्वासन दिए ।तर दण्डहिनताको जालोमा लपेटिएको नेपाली सत्ताले यो घ`टनालाई पनि उसैगरि छाडिदियो जसरि सएकडौ घ`टनाहरु न्याय नपाएर इतिहासको गर्वमा बिलिप्त भए ।

नेपाली जनताको मनमा बिकासवादि ,शान्तिप्रेमि र एक शालिन राजाको रुपमा स्थापित राजा बिरेन्द्र अन्तरास्ट्रिय जगतमा पनि उतिकै लोकप्रिय मानिन्थे ।तर उक्त अकल्पनीय रातपछि उनी संसारमै एउटा दुखद घ`टनाबाट परिचित रहे ।

संसारमै बिरल्लै हुने यस्तो वंशनाशको घ`टनामध्ये त्यो जेष्ठ १९ गते भएको घ`टनाले संसारनै स्तब्ध बनेको थियो ।त्यो दिन सम्झदा भदौरे झरि सरि बलिन्द्र आँसु धाराले आफ्नो लोकप्रिय राजाको बिदाइ गर्ने भिड कसरी समालियो होला ।शो परिस्थिति सम्हाल्न सोही घ`टनामा घाइते भएका अचेत अवस्थामा हुदाहुदै पनि युवराज दिपेन्द्रलाई नया राजा घोषणा गर्नुपरेको थियो ।

तत्कालिन रुपमा प्रवाह गराइएको सुचनामा ह`त्याकाण्ड दिपेन्द्रले नै घटाएको भनिएको थियो तर युवा वर्गमा निकै लोकप्रिय छवि बनाएका दिपेन्द्र माथि लगाइएको त्यो आरोप सत्य मान्ने पक्षमा नेपाली जनता थिएनन् ।उनिहरुमा एकदमै ठुलै प्रयोजनकालागि सो दरबार ह`त्याकाण्ड मच्चाइएको भन्ने थियो ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शो घ`टनालाई ग्रान्ड डिजाईनको संघ्या दि रहे तर उनले त्यो डिजाइन पछिको प्रयोजन के थियो भनेर कहिले पनि खुलाएनन् ।र त्यस ग्रान्ड डिजाईनको रहस्य गिरिजाप्रसाद सगै हराएर गयो ।

थप हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्