Wednesday, August 17

बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत

June 23, 2022 1263

काठमाडौं । हामीले एकछिन पहिले एकदम हट्टाकट्टा देखेको मान्छेको मृत्यु भैसक्छ ।

पलभर पहिले ठिक देखिने मान्छेको अचानक मृत्यु भएपछि कतिपय अवस्थामा पत्याउन गाह्रो हुन्छ ।

आखिर मर्नुभन्दा पहिले के कुनै संकेत देखिन्छ ? यसबारे सबैले आ–आफ्नो राय दिन सक्छन् । किनभने यो विषयमा मृत्युको अनुभव गरेको व्यक्तिले मात्र सत्य बताउन सक्छ, जुन आफैंमा सम्भव हुँदैन् ।

तर विज्ञानका अगाडि हरेक कुराको खोज सम्भव हुन्छ । भर्खरै एक बैज्ञानिकले मृत्यु अघि के हुन्छ ? भनेर बताएका छन् ।

द एक्सप्रेसका अनुसार आफ्नो जीवनमा धेरै मानिसको मृत्युलाई निकै नजिकबाट देखेका एक डाक्टरले मृत्यु हुनुभन्दा ठीक अगाडि मानव शरीरमा के–कस्ता परिवर्तनहरू हुन्छन् भन्ने कुरा बताएका हुन् । बैज्ञानिकहरुलाई पनि यस बारे धेरै कम जानकारी छ ।

द मिररको रिपोर्ट अनुसार, प्राकृतिक घटनाहरुमा धेरै कम अध्ययन छन् । मृत्यु हुनुअघि कस्तो महसुस हुन्छ भन्ने बारेमा कुरा गर्दै डाक्टर भन्छन्, ‘मुटुको धड्कन बन्द हुनुभन्दा दुई साताअघि नै मृत्युको प्रक्रिया सुरु हुन्छ ।’

सिमस कोयल, लिभरपुल विश्वविद्यालयका मानद अनुसन्धान फेलो, द कन्भर्सेसनको लेखमा मर्ने प्रक्रियाको बारेमा उल्लेख गरिएको छ । उनले भने, ‘मलाई लाग्छ कुनै पनि व्यक्तिको मृत्यु हुनुभन्दा दुई साताअघि नै मर्ने प्रक्रिया सुरु हुन्छ ।

यो समयमा मानिसको स्वास्थ्य बिग्रन थाल्छ । उनीहरुलाई हिँड्न र सुत्न पनि समस्या हुन्छ । जीवनको अन्तिम दिनमा उनीहरुको चक्की (औषधि) खाने, खाना खाने वा पिउने क्षमता पनि समाप्त हुन्छ ।’

प्रतिकृया दिनुहोस्