Wednesday, June 23

प्रसुति गृहमा २८ वर्षीया सोमिका तामाङले जन्माइन् पाँच शिशु

June 2, 2021 360

काठमाडौँ– थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलालले ५ जना शिशुलाई जन्म दिएकी छन् ।नुवाकोटकी २८ वर्षीया एक महिलाले ५ जना शिशुलाई जन्म दिएकी हुन् ।अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत ५ जना शिशुको जन्म भएको हो ।

डा सुवेदीको टोलीले शल्यक्रियामार्फत जन्माइएको शिशुहरु मध्ये एकजना भने गर्भमै मृत थिए । अन्य ४ जनाको एनआइसीयुमा अब्जरभेसनमा राखिएको डा सुवेदीले खबरहबलाई बताए । ४ जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा सुवेदीले बताए । डा सुवेदीका अनुसार ८ महिनाको गर्भ भएकी ती महिलाको सोमबार बिहान ४५ मिनेटमा ५ वटा शिशु शल्यक्रियामार्फत जन्मिएका हुन् ।

४ शिशुहरुको तौल क्रमश: १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ ।डा सुवेदीका अनुसार एउटा महिलाले एकैपटक ५ शिशुलाई जन्म दिनु रियर केस हो ।सामान्यतया गर्भधारणका लागि महिलाले अण्डा उत्पादन हुने औषधि सेवन गरेमा वा कृतिम गर्भाधान आइबिएफ गराउँदा धेरै सन्तान जन्मिने सम्भावना हुन्छ ।ती महिलालले अण्डा उत्पादन हुने औषधि सेवन गरी गर्भाधान गरेकाले गर्भमा ५ शिशु रहेको डा सुवेदीले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्