Wednesday, October 20

काठमाडौं उपत्यकामा सवारी साधनको लागि जारि गर्यो यस्तो नियम

June 2, 2021 472

काठमाडौं उपत्यकामा थप १० दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने भएको छ । बुधबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले हाल कायम निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने र सार्वजनिक तथा निजी यातायातका साधन आगामी २१ गतेदेखि ३१ गतेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनहरु आगामी जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

यद्यपि अत्यावश्यक सवारी साधन, खाद्यान्न, तरकारी तथा फलफूल, दुध, पानी लगायतका ढुवानीका साधनहरुलाई भने रोक नलगाइने बैठकले निर्णय गरेको छ । साथै, सोही बैठकबाट हालसम्म रोकिएका निर्माण सामाग्री तथा औजार ढुवानीका सवारी साधनलाई भने सञ्चालन गर्न दिने निर्णय भएको छ

यो पनि

पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ ।एजेन्सी – चीनले उड्ने हाइपरसोनिक विमानको परीक्षणका लागि एक हा’इपरसोनिक टनेल बनाइरहेको छ । यो टनेलमा विमानको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १२ किलोमिटर प्रतिघण्टाको गतिमा हुने छ । चाइनिज एकेडेमी अफ साइन्सेन्जका शोधकर्ता हान गुइलईले एक अनलाइन ले’क्चरमा भनेका छन्, ‘जे एफ–२२ टनेलमा विमानको परीक्षण ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा हुने छ ।

यसबाट चीन पश्चिमा देशहरु भन्दा २० देखि ३० वर्ष अगाडि हुने छ ।’ साउथ चाइना मर्निङ पोष्टको रिपोर्ट अनुसार चीन, अमेरिका र रुसले मि’साइलसहित हा’इपरसोनिक उडान प्रविधिको विकासमा ठूलो लगानी गर्दै आएका छन् ।यो नयाँ प्रविधिबाट सुपरफास्ट जेट विमानमार्फत् विश्वको कुनै पनि देशमा दुई घण्टा वा त्योभन्दा कम समयमा उडान भर्न सम्भव हुन्छ ।

अर्थात् यो विमानबाट एक घण्टामा पृथ्वीलाई तीन चक्कर लगाउन सकिन्छ। पृथ्वीको ब्यास १२ हजार ७१४ किलोमिटर छ भने यस विमानको गति ३७ हजार १३ किलोमिटर हुने छ ।चीनको हाइपरसोनिक एजेन्सी इ’न्सटिच्युट अफ मेकानिक्ससँग काम गर्ने गुइलईका अनुसार यति छिटो गतिमा यात्रा गर्ने जेट विमान १० हजार डिग्री सेल्सियससम्म पुग्नसक्छ र हावाका अणु र परमाणुलाई पनि तोड्न सक्छ ।

उनले भनेका छन्, ‘यो हावा हावा हुने छैन जसबाट हामी सास लिन्छौं । हामी जुन उड्ने विमानको अध्ययन गरि रहेका छौं, त्यो हिलोमा पौ’डिए जस्तो हो ।’उनका अनुसार या’न्त्रिक क’म्प्रेसरको उपयोग गर्नुको साटो बेइजिङले उच्च गतिको वायु प्रवाह उत्पन्न गर्नका लागि रासायनिक विष्फोटको उपयोग गर्नेछ ।

जे’एफ–२२ मा इन्धन एक नियमित ग्यास स्टोभको तुलनामा १० करोड गुणा बढी तेजले जल्दछ र त्यसको शक्तिबाट विमान चल्दछ ।अमेरिकामा सबैभन्दा उन्नत विण्ड टनेल LENS II मा ३० मिलिसेकेण्डसम्म उडान हुन्छ । यसको तुलनामा जेएफ–२२ को औसत उडान सिमुलेशन १३० मिलिसेकेण्डसम्म पुग्ने चि’नियाँ वैज्ञानिकको भनाइ छ । गुइलईले भनेका छन्, हाम्रो अनुसन्धानको समय अन्य देशको तुलनामा लामो छ ।

त्यसैले यस विमानको मोडल उनीहरुकोभन्दा ठूलो हुनसक्छ र अनुसन्धान पनि उनीहरुको भन्दा उन्नत हुने छ।यसले विश्वमा चीनको अग्रणी स्थान निर्धारण गर्ने छ।’ चीनको रकेट कार्यक्रमका पिता भनिने कियान जुसेनले सन् १९४६ मा पहिलोपटक ‘हाइपरसोनिक’ शव्द उल्लेख गरेका थिए । उनको अनुसन्धानमा वायु प्रवाहको गति ध्वनिको तुलनामा पाँच गुणा तेज पाइएको थियो ।

प्रतिकृया दिनुहोस्