Friday, April 23

एकै विद्यालयमा प्रधानध्यापकसहित ८ शिक्षकलाई कोरोना संक्रमण भएपछि भयो खैलाबैला, विद्यार्थी र अभिभावक त्रसित

December 13, 2020 276

सल्यान, मंसिर २८- एकै विद्यालयका प्राधानाध्यापक सहित ८ जना शिक्षकमा कोरोना देखिएको छ । सल्यान कपुरकोट गाउँपालकिा(४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानध्यापकसहित ८ शिक्षकमा कोरोना देखिएको हो । कोरोना भएपछि गाउँपालिकाको समन्वयमा विद्यालयको पठनपाठन पुस १० गतेसम्म बन्द गरिएको छ।

विद्यालयका अन्य ७ जना शिक्षकको पनि परीक्षणका लागि स्वाब पठाइ सकिएको बताइएको छ । संक्रमित ८ शिक्षकमध्ये एक जनाले भने कोरोनालाई जितिसकेका छन् ।

उक्त विद्यालय यही मंसिर ७ गतेदेखि संचालनमा आएको थियो विद्यालयले ३ सिफ्टमा कक्षा सञ्चालन गरिरहेको थियो ।

प्रतिकृया दिनुहोस्